Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ खेलकुद ∕ साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने

    साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने


    काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ०यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताअन्र्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ ।

    दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पठाएको म्याच कमिस्नर अब्दुल हामिद अब्दुल गफरले आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाका खेल मैदान निरीक्षण गरेपछि खेल खेल्न योग्य नभएको निष्कर्ष निकालेको हो । सोही निर्णयसँगै उक्त प्रतियोगिताका अन्य खेलहरु दशरथ रङ्गशालामा हुने सम्भावना कम भएको छ ।

    अखिल नेपाल फुटबल सङघ (एन्फा) का प्रवक्ता सुरेश शाहले म्याच कमिस्नरले दशरथ रङ्गशालाको मैदान खेल्न योग्य नभएको बताएको जानकारी दिए । उनले यो निर्णय नै अन्तिम नहुने भन्दै म्याच कमिस्नरले साफमा खबर पठाएपछि उताबाट जे निर्णय आउँछ त्यही अन्तिम निर्णय हुने बताए । उक्त रङ्गशालाको निरीक्षण गर्न माल्दिभ्सका अब्दुल बिहीबार काठमाडौँै आइपुगेका थिए ।

    उक्त प्रतियोगिताको खेल सुरुआतमा दशरथ रङ्गशालामा खेलाउने आयोजक एन्फाको तयारी थियो । तर वर्षाका कारण दशरथ रङगशालाको अवस्था नाजुक भएपछि कहा खेलाउने टुङ्गो लाग्न सकेको थिएन ।

    एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिताको सुरुआती खेल एन्फा कम्लेक्सको मैदानमा हुने भन्दै आगामी दिनमा वर्षा सुधार भए दशरथ रङ्गशालामा सेमिफाइन र फाइनल खेल गराउने सम्भावना कायमै रहेको बताए ।

    यही साउन २९ गते दशरथ रङ्गशालामा नेपालको सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एएफसीबीच एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोट खेल भएको थियो । त्यतिबेला वर्षाका कारण मैदान हिलाम्मे भएको थियो । जसका कारण दुवै टोलीले हिलाम्मे मैदानमा खेल खेलेका थिए । यसअघि पनि एएफसीले उक्त मैदानलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अयोग्य घोषणा गरेको थियो ।

    साफ यु–२० च्यापिम्यनसिप आगामी भदौ २ गतेदेखि घरेलु मैदानमा हुँदैछ । भदौ १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिताका कतिपय टोली नेपाल आइसकेका छन् । समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदैछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पढ्न चाहने बालबालिकाका लागि मेरो सहयोग निरन्तर रहनेछ – मोहन…

    सिन्धुपाल्चोक,गाउँगाउँका सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’, सबै विद्यार्थीका लागि एउटै पोसाक र हातहातमा शैक्षिक सामग्री सुन्दा कुनै

    एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी…

    काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको ठुलो आर्थिक अनियमितता, ठगी र खेल मिलेमतो प्रकरणमा जोडिएका अध्यक्ष पंकजविक्रम

    नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, ९३.८८ प्रतिशत मतसहित खड्गीमाथि…

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी बहुमतका साथ विजयी भएका छन्।

    नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट…

    काठमाडौँ — मलेसियामा कार्यरत नेपाली राष्ट्रियताका श्रमिकहरूका लागि खुसीको खबर छ। मलेसिया सरकारले आगामी वर्ष २०२७ को बजेट सार्वजनिक गर्दै

    नेपालमै फाइभ-जी सेवा सुरु गर्ने सरकारको तयारी, श्रम होइन प्रविधि…

    काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ–जी

    दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति…

    काठमाडौँ — महान् चाड दसैँमा घर जाने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट

    Techie IT