Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २९ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिसाढे ४ घण्टापछि रिहा भए रेशम चौधरी

    साढे ४ घण्टापछि रिहा भए रेशम चौधरी


    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी साढे ४ घण्टापछि रिहा भएका छन्। आज दिउँसो सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको थियो ।

    प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेको थियो । त्यसपछि कारागार पुर्‍याइएका उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो ।सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएर यस्तो पत्र लेखेका थिए। यही पत्रका आधारमा प्रहरीले चौधरीलाई आज नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको थियो।

    सर्वोच्च अदालतबाट रेशम चौधरीलाई पक्राउ गर्न पत्र जारी भए पनि डिल्लीबजार कारागारलाई पठाएको पत्र आधिकारीक नभएको भन्दै सर्वोच्चले अर्को पत्र पठाएपछि उनी रिहा भएका हुन्।

    पक्राउ गर्न गएको टोलीको एक सदस्यका अनुसार विष्टले टीकापुर घटनामा ज्यान गुमाएका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व : राष्ट्रियसभा अध्यक्ष…

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय

    प्रेस काउन्सिलविरुद्धकाे रिट खारेज

    काठमाडौँ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालविरुद्ध माउन्टेन टेलिभिजनले हालेको रिट निवेदन खारेज गरेको छ ।न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अलपत्र, अस्पताल निर्माणलाई बन्धक…

    पोखरा । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन

    आजदेखि शुक्र ग्रह अस्त हुँदै

    काठमाडौं । शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ।अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको

    बढिरहेछ अमेरिकी डलर,आजको विनिमय दर के कस्तो छ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४

    अब नयाँ समझदारी आवश्यक छ : लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक अत्यन्तै विषम परिस्थितिमा रहेको बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनलाई

    Techie IT