साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश
काठमाडौं । नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो।
नेपालको जितमा गुलशन झाले अविजित ४४ रनको योगदान दिए। इशान पाण्डेले ४०, देव खनालले ३९, रोहित पौडेलले २४, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। उसका लागि अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। यस्तै, मोहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम अलीले २८ रन जोडे।
नेपालका बलरमध्ये सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए। ललित राजवंशीले २ तथा शेर मल्ल र गुलशन झाले समान १–१ विकेट लिए।
यो जितसँगै नेपालले लगातार तेस्रो खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। साउदी अरेबिया भने ४ खेलमा १ जित र ३ हारसहित प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालले अब लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्नेछ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ४ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस