Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ३ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारसांसद प्रत्यासी एवं समाजसेवीहरुको रोजाइ आजपा

    सांसद प्रत्यासी एवं समाजसेवीहरुको रोजाइ आजपा


    काठमाडौं, ३ माघ ।सांसद प्रत्यासी, समाजसेवी एवं विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा आजपाको ‘मोवाइल’ चुनाव चिन्हबाट उनीहरु निर्वाचनमा सहभागि हुदैछन ।

    काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमका बीच उनीहरुलाई पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गराउदै उनले एकजुट भएर निर्वाचनमा होमिन आग्रह समेत गरेका छन् ।

    विगत तीन दशकदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका सुनसरी निर्वाचन क्षेत्र नं. १ का लोकप्रिय व्यक्तित्व तथा जागरण स्वतन्त्र मञ्चका संयोजक खगेन्द्र श्रेष्ठ र सुनसरीबाट सांसद पदका प्रत्यासी तथा लोकप्रिय युवा नेता निरञ्जन ठाकुरले आजपामा प्रवेश गरेका हुन् ।

    यसैगरी, काठमाडौंबाट सांसद पदका प्रत्यासी, रेक्स ईन्टरटेनमेन्टका अध्यक्ष तथा पूर्व राष्ट्र सेवक नेपाली सेनाका सुवेदार खगेश रञ्जितले समेत आजपामा प्रवेश गरेका छन् । हालै विभिन्न राजनीतिक दलहरुका साथै विभिन्न संघसंगठनसंग समेत आजपाले पार्टी एकीकरण गर्दैै २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सहभागि हुदैछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT