सहकारी ठगी मुद्दामा ढोरपाटनका प्रमुख कारागार चलान
पोखरा । पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली कारागार चलान भएका छन्। सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।
जिल्ला कारागार बागलुङमा थुनामा रहेका नेपालीलाई आइतबार जिल्ला अदालत पोखरा झिकाएर बयान लिएको थियो।
बयान सकिएपछि सोमबार इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए।
नेपालीले बागलुङ र पोखरामा गरी २ वटा इमेज बचत तथा ऋण सहकारी संस्था खोलेका थिए। दुवै सहकारीमा गरी नेपाली नेतृत्वमा २ अर्ब अपचलन भएको छानबिन प्रतिवेदनमा उल्लेख छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ५ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

तपाईको प्रतिक्रिया दिनुहोस