Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन २३ शनिबार

    अपडेट
    गृहपृष्ठप्रदेशगण्डकीसहकारीको रकम हिनामिनामा संलग्नलाई कारबाही हुन्छ : मन्त्री अधिकारी

    सहकारीको रकम हिनामिनामा संलग्नलाई कारबाही हुन्छ : मन्त्री अधिकारी


    पाल्पा/ २८ कात्तिक, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको रकम हिनामिनामा संलग्न जोकोही भए पनि कारबाहीमा पर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले बुधबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले सहकारीको रकम हिनामिना गर्ने मानिसलाई सरकारले कानुनअनुसार कारबाही गरेरै छाड्ने बताउनुभयो ।
    उहाँले कानुन अनुसार सहकारीको रकम हिनामिना गर्नेमाथि सरकारले कारबाही गर्न खोज्दा प्रदर्शन गर्ने, अनुसन्धान प्रभावित पार्न खोज्ने काम गैरराजनैतिक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सहकारीको रकम अपचलन गर्नेमाथि कारबाही भएन पनि भन्ने र कारबाही प्रक्रिया अगाडि बढाउँदा प्रदर्शन गर्ने, जुलुस गर्ने काम नसुहाउने काम हो ।’’

    देशभर ३१ हजार सहकारी रहेकामा सङ्घीय सरकार मातहतमा झण्डै दुई सय मात्र सहकारी रहेको बताउँदै प्रदेश र स्थानीय तह मातहतका सहकारीको नियमित अनुगमन र नियमन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । अहिले सरकारले समस्याग्रस्त सहकारीको सम्पत्ति बिक्री गरेर भए पनि छ हजार बचतकर्ताको रकम फिर्ता गरेको जानकारी उहाँले दिनुभयो ।
    सहकारीमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले पहल गरिरहेको बताउँदै त्यसका लागि प्रदेश र स्थानीय सरकारसँग छलफल भइरहेको जानकारी मन्त्री अधिकारीले दिनुभयो । सहकारीमा देखिएको समस्या समाधान गर्न बचतकर्ता, लगानीकर्ता, ऋणी र सरकारको सबैको उत्तिकै दायित्व र भूमिका रहेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।
    उहाँले भुमीलगायत अन्य पुराना कानुन विस्थापित गर्न सरकारले नयाँ ऐन कानुन बनाउन पहल गरिरहेको बताउनुभयो । कानुन बनाउने कामको प्रक्रिया पूरा गर्दा केही समय भने लागेको उहाँको भनाइ छ ।
    आफूले सम्हालेको मन्त्रालयले देशभरिका पालिकालाई गरिब परिचयपत्र वितरण गर्न पठाए पनि तथ्याङ्क सङ्कलनमा भएको त्रुटीका कारण परिचयपत्र वितरणमा समस्या भएको उहाँले जानकारी दिनुभयो । जो गरिब हो, उसले परिचयपत्र नपाउने अवस्था आएपछि पुनः मन्त्रालयले गरिब पहिचानका लागि अद्यावधिक गर्ने समय दिएको मन्त्री अधिकारीले बताउनुभयो ।
    विशेष नापीको जग्गा नाप नक्साङ्कनको काममा स्थानीय तहलाई सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो । बजेट र समन्वयको पाटोमा स्थानीय तहले पनि काम गरेको खण्डमा विशेष नापीको काम समयमै सकिने मन्त्रीको भनाइ छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ४९ हजार भन्दा बढी मतले ओली पराजित, बालेन शाह विजयी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार

    रुपन्देही २ मा त्रिचालीस हजार मतान्तरमा रास्वपाका सुलभ विजयी

    काठमाडौँ । रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन् । उनका निकट प्रतिस्पर्धी नेकपा

    भत्कियो नेमकिपाको गढ, रास्वपाका रन्जित विजयी

    भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन् ।

    पर्वतमा रास्वपाका सागर भुसाल विजयी

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार सागर भुसाल ११ हजारभन्दा बढी मतान्तरसहित विजयी भएका छन्

    तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी

    काठमाडौं । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् ।उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त

    भारी मतान्तरले निर्वाचित भए रास्वपाका सभापति रवि लामिछाने

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।उनी ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी

    Techie IT