Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २५ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारसवारी दुर्घटना हुँदा नुवाकोटकी नगिना तामाङको मृत्यु

    सवारी दुर्घटना हुँदा नुवाकोटकी नगिना तामाङको मृत्यु


    काठमाडौं । तीनकुनेमा तीन वटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छिन्।

    मोटरसाइकलका चालक रामेछापका पदम थापा मगरको दाहिने हातमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी अपिलराज बोहराले जानकारी दिए । दुर्घटनामा क्रमशः काभ्रे र दोलखाका रत्नबहादुर शार्की र मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूकाे कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनामा तीन जना घाइते भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ । मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने वर्ष २७ को पदम थापा मगर,  भ्यान चालक काभ्रे मण्डन देवपुर घर भई हाल शान्तिनगर बस्ने वर्ष ३५ का रत्न बहादुर सार्की  र बसमा सवार दोलखा  घर भएकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

    बिहीबार बिहान ६:३५ मा काठमाडौं-३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०१-०२६च २९२७ भ्यान र बा.प्र.०२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए। बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको बोहराले बताए।

    बसका चालक इलामको सूर्योदय नगरपालिका-५ का ५९ वर्षीय रामकुमार खड्कालाई नियन्त्रणमा लिइएको गिरीले जानकारी दिए ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत

    छानबिनबाट सफाइ पाउनेमा विश्वस्त छु : सुदन गुरुङ

    काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङ ले आफूले छानबिनबाट सफाइ पाउने विश्वास व्यक्त गरेका छन्।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र चट्याङको…

    काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली,

    विश्व वातावरण दिवसको अवसरमा भरतपुर १८ मा सरसफाइ तथा वृक्षारोपण

    चितवन/ २३ जेठ, विश्व वातावरण दिवस २०८३ को अवसरमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १८ स्थित परमानन्द स्मृति वैदिक विद्या

    पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

    रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई

    Techie IT