सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु
काठमाडौं। सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो ।अदालतका तर्फबाट जाहेरी आएको परिसरका एसएसपी रमेश थापाले बताए ।जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी परिसर भद्रकालीमा सर्वोच्च र जिल्ला अदालतले जाहेरी दिएका हुन् । काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार दुवै अदालतको तर्फबाट जाहेरी परेको छ । जाहेरी पाएसँगै परिसरले अनुसन्धान सुरू गरिरहेको परिसरका एसएसपी रमेश थापाले जानकारी दिएका छन् । तोडफोड र आगजनीबाट सर्वोच्चमा सबैभन्दा बढी क्षति भएको छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति भएको थियो । महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए ।
देशका अन्य अदालतमा पनि आगजनी र तोडफोड भएका छन् । उनीहरुले पनि प्रहरीमा जाहेरी दिने तयारी गरेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ५ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

तपाईको प्रतिक्रिया दिनुहोस