Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियसरकारी विज्ञापनमा निजी मिडियामाथिको विभेद अन्त्य गर्न सर्वोच्चको आदेश, चैत १८ को निर्णय बदर

    सरकारी विज्ञापनमा निजी मिडियामाथिको विभेद अन्त्य गर्न सर्वोच्चको आदेश, चैत १८ को निर्णय बदर


    काठमाडौँ । सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यममाथि गरिएको विभेद अन्त्य गर्दै सर्वोच्च अदालतले नेपाल सरकारलाई सार्वजनिक तथा निजी मिडियाबीच भेदभाव नगर्न आदेश दिएको छ।

    असार ३० गते भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गरिएको सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र दिने निर्णय उत्प्रेषणको आदेशमार्फत बदर गरेको हो।

    सर्वोच्चले पूर्णपाठमा सरकारलाई सार्वजनिक र निजी सञ्चारमाध्यमबीच विभेदपूर्ण व्यवहार गर्ने कानुनी आधार नरहेको उल्लेख गर्दै यस्तो निर्णयले सञ्चारको हक तथा विचार र अभिव्यक्तिको स्वतन्त्रतामा प्रतिकूल असर पर्ने ठहर गरेको छ। अदालतले उक्त निर्णय संविधान र प्रचलित कानुनअनुकूल नरहेको भन्दै बदर गरेको हो।

    फैसलापछि नेपाल मिडिया सोसाइटीका अख्तियारप्राप्त अधिवक्ता लुईन्टेलले यस निर्णयले निजी मिडियामाथिको विभेद अन्त्य हुनुका साथै नेपाली मिडिया उद्योगलाई ठूलो राहत पुगेको प्रतिक्रिया दिएका छन्। उनका अनुसार सरकारी तथा निजी क्षेत्रबाट हुने करिब १० अर्ब रुपैयाँ बराबरको विज्ञापन बजेट अब समानुपातिक रूपमा वितरण हुने वातावरण बनेको छ।

    सरकारको चैत १८ गतेको निर्णयविरुद्ध नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता लुईन्टेलले चैत २४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथिको अन्तिम सुनुवाइ असार २२ र २३ गते सम्पन्न भएको थियो।

    निवेदकका तर्फबाट नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र, पूर्व महान्यायाधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ताहरू शशिकृष्ण खरेल, ललितबहादुर बस्नेत, दिनेश त्रिपाठी लगायतले सरकारी निर्णयले निजी मिडियालाई विभेद गरेको, विज्ञापन ऐनविपरीत रहेको तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने जिकिर गरेका थिए।

    सरकारका तर्फबाट महान्यायाधिवक्ता नारायणदत्त कँडेल र नायब महान्यायाधिवक्ता उद्धव पुडासैनीले भने सरकारी विज्ञापनमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि उक्त नीति आवश्यक रहेको दाबी गरेका थिए।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०८२ चैत १८ गते सचिवस्तरीय निर्णयमार्फत नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सार्वजनिक कोष प्रयोग गर्ने सबै निकायका सरकारी सूचना र विज्ञापन गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन लगायत सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न परिपत्र जारी गरेको थियो। उक्त निर्णयलाई सर्वोच्च अदालतले अब असंवैधानिक ठहर गर्दै खारेज गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT