Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियसरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ प्रदान गर्ने निर्णय

    सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ प्रदान गर्ने निर्णय


    काठमाडौँ/१५ असोज,सरकारले बाढी र पहिरो प्रभावित नागरिकको राहत, उद्धार एवं पुनस्र्थापनाका लागि विपत् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सम्पन्न मन्त्रीपरिषद् बैठकले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनबमोजिमको विपत् व्यवस्थापन कोषमा बाढी र पहिरो प्रभावितको तत्काल राहत र उद्धारका लागि अर्थ मन्त्रालयबाट एक अर्ब रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

    बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी र पहिरोका कारण भएको जनधनको अपूर्णिय क्षतिप्रति नेपाल सरकारका तर्फबाट दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको बताउनुभयो ।

    सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ प्रदान गर्ने निर्णय पनि गरेको छ । सरकारले २०८१ असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्दै सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, शोक सन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना व्यक्त गर्ने र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । उहाँका अनुसार सरकारले विपत्बाट भएको क्षतिको सम्बन्धित मन्त्रालयहरूले आकलन गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा यथाशीघ्र प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ । उहाँले विपत् जोखिम न्यूनीकरण ऐन २०७४ को दफा २२ बमोजिम विपत् व्यवस्थापन कोषमा बाढीपहिरो प्रभावितलाई तत्काल राहत र उद्धारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीपरिषद्का सबै सदस्यको एक महिना बराबरको पारिश्रमिक दिने निर्णय भएको बताउनुभयो ।

    सञ्चारमन्त्री गुरुङका अनुसार सरकारले खोज, उद्धार, तत्काल राहत र घाइतेको निःशुल्क उपचारमा उच्च प्राथमिकता दिने निर्णय गरेको छ । साथै बाढीपहिरोबाट प्रभावित एवं विस्थापित परिवारलाई तत्काल अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने निर्णय भएको छ ।

    उहाँले बाढीपहिरोमा परी गम्भीर घाइते हुनेहरूको उपचारको सम्पूर्ण व्यवस्था नेपाल सरकारले मिलाउने र घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने निर्णय भएको बताउनुभयो । उहाँले महत्वपूर्ण संरचना सडक, पुल, दूरसञ्चार, विद्युतलगायतको मर्मत सम्भार गरी तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार विपत् प्रभावित क्षेत्रमा रोग फैलन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोकथामका आवश्यक उपायहरू अवलम्बन गर्ने निर्णय भएको छ । उहाँले भन्नुभयो, “बाढीपहिरो प्रभावितको उद्धार तथा राहतलगायतका कार्यमा सहयोग र समन्वय गर्न प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रलगायतका सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय पनि भएको छ ।”




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT