सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।महासंघको उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा शनिबार दिउँसो विरोध प्रदर्शन भएको हो। सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति लिएको आरोप लगाउँदै पत्रकारहरु आन्दोलनमा उत्रिएका आम निर्वाचनपछि गठन भएको वर्तमान सरकारबाट सञ्चार क्षेत्रमैत्री नीति आउने अपेक्षा थियो। तर व्यवहारमा प्रेसमाथि दबाब बढेको र अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन आएको आन्दोलनरत पक्षको भनाइ छ। सञ्चारगृह लक्षित गतिविधि बढ्दै गएको कारण नेपाली मिडिया क्षेत्र डरलाग्दो स्वनियन्त्रणको अवस्थाबाट गुज्रिरहेको महासंघले दाबी गरेको छ।
लोकतान्त्रिक व्यवस्थामा सञ्चार क्षेत्रले लामो समयदेखि उठाउँदै आएका मागप्रति सरकारले चासो नदेखाएको गुनासो महासंघको छ। समानुपातिक विज्ञापन नीति कार्यान्वयन, साना तथा स्वरोजगार सञ्चार माध्यमको संरक्षण र लोककल्याणकारी विज्ञापन व्यवस्थाको समयानुकूल सुधार गर्नुपर्ने उनीहरुको मुख्य माग छ। यसैगरी श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सञ्चार क्षेत्रसँग सम्बन्धित आवश्यक संरचनाको गठन तथा पत्रकारको बिमा र सामाजिक सुरक्षाको विषयलाई पनि प्रदर्शनमा प्राथमिकताका साथ उठाइएको छ। यसअघि बिहीबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरणमा लगाइएको प्रतिबन्ध हटाउने सर्वोच्च अदालतको आदेशलाई स्वागत गरिएको थियो। अदालतको आदेश स्वागतयोग्य भए पनि यसको प्रभावकारी कार्यान्वयन हुनेमा महासंघले आशंका व्यक्त गरेको छ। अदालतको आदेश व्यवहारमा लागू नभए सञ्चार क्षेत्र थप संकटमा पर्ने उनीहरुको निष्कर्ष छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारगृहको सुरक्षा र नागरिक अधिकारको संरक्षण सुनिश्चित गर्न सरकारले तत्काल आफ्ना प्रतिकूल नीतिहरु फिर्ता लिनुपर्ने माग महासंघले राखेको छ। संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, अन्तर्राष्ट्रिय मान्यता र लोकतान्त्रिक अभ्यासको सम्मान गर्न उनीहरुले सरकारलाई आग्रह गरेका छन्। आन्दोलनलाई थप सशक्त बनाउन सञ्चारकर्मी, नागरिक अधिकारका पक्षधर तथा सरोकारवालालाई सक्रिय सहभागिता जनाउन आह्वान समेत गरिएको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ४ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ५ आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
- ६ काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस