Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ सम्पत्ति शुद्धीकरण आरोपमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    सम्पत्ति शुद्धीकरण आरोपमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ


    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेल का अनुसार पौडेललाई आज साँझ करिब ६ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार पक्राउपछि उहाँलाई थप अनुसन्धानका लागि स्थलमार्ग हुँदै नेपालगञ्ज लगिएको छ भने आजै काठमाडौँ पठाउने तयारी गरिएको छ।

    उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा सहभागी हुन सुर्खेत पुग्नुभएको बताइएको छ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ स्थायी घर भएका पौडेल हाल ललितपुर महानगरपालिका–२५ स्थित सैबु आवास क्षेत्रमा बसोबास गर्दै आउनुभएको प्रहरीले जनाएको छ।

    प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलको नेतृत्वमा खटिएको १० सदस्यीय विशेष प्रहरी टोलीले उहाँलाई नियन्त्रणमा लिएको जनाइएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पढ्न चाहने बालबालिकाका लागि मेरो सहयोग निरन्तर रहनेछ – मोहन…

    सिन्धुपाल्चोक,गाउँगाउँका सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’, सबै विद्यार्थीका लागि एउटै पोसाक र हातहातमा शैक्षिक सामग्री सुन्दा कुनै

    नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, ९३.८८ प्रतिशत मतसहित खड्गीमाथि…

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी बहुमतका साथ विजयी भएका छन्।

    नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट…

    काठमाडौँ — मलेसियामा कार्यरत नेपाली राष्ट्रियताका श्रमिकहरूका लागि खुसीको खबर छ। मलेसिया सरकारले आगामी वर्ष २०२७ को बजेट सार्वजनिक गर्दै

    नेपालमै फाइभ-जी सेवा सुरु गर्ने सरकारको तयारी, श्रम होइन प्रविधि…

    काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ–जी

    दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति…

    काठमाडौँ — महान् चाड दसैँमा घर जाने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    Techie IT