“समावेशी प्रतिनिधित्व मेरो लागि पार्टी विजयभन्दा महत्वपूर्ण” : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा सुनिश्चित भएको समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु तथा उत्पीडित समुदायको संसदमा भएको उपस्थितिलाई लामो संघर्ष, बलिदान र क्रान्तिको उपलब्धि भएको बताए ।उनले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको संसदलाई “इन्द्रधनुषी प्रतिनिधित्व” भएको संस्था भन्दै यस्तो प्रतिनिधित्व आफ्नो लागि पार्टीको विजयभन्दा बढी महत्वपूर्ण रहेको उल्लेख गरे ।
प्रचण्डले विगतको संसद र वर्तमान प्रतिनिधिसभाको तुलना गर्दै आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र पछाडि पारिएका समुदायको सहभागितामा उल्लेखनीय वृद्धि भएको दाबी गरे ।
समावेशी प्रतिनिधित्व सहज रूपमा प्राप्त नभएको उल्लेख गर्दै यसका पछाडि ठूलो संघर्ष र बलिदान जोडिएको बताए ।
उनले भने, “यो प्रतिनिधित्वको कथा रगत र क्रान्तिले लेखिएको हो । महिलाहरूले पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेर गरेको संघर्षको योगदान यसमा जोडिएको छ ।”साथै, उनले सामन्तवादविरुद्धको आन्दोलनले उत्पीडित समुदायका नागरिकलाई राज्यको नेतृत्व तहसम्म पुग्ने बाटो खोलेको दाबी गरे ।
पार्टी फरक भए पनि समावेशी प्रतिनिधित्वप्रति सबैले गर्व गर्नुपर्ने उल्लेख गर्दै उनले परिवर्तनका लागि भएको संघर्षलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस