Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक, ऋण तिर्न समितिको आग्रह

    समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक, ऋण तिर्न समितिको आग्रह


    काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ ।

    समितिका अनुसार हाल समस्याग्रस्त घोषित १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको हो । अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको विवरण पनि क्रमशः सार्वजनिक गरिने समितिले जनाएको छ ।

    समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न आग्रह गरेको छ । अन्यथा प्रचलित कानुन बमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ ।

    समितिले अन्य ऋणीहरूको नामावली पनि क्रमिक रूपमा सार्वजनिक गरिने उल्लेख गर्दै सम्बन्धित सबै ऋणीलाई समयमै सम्पर्क गरी बक्यौता रकम तिर्न आग्रह गरेको छ ।

    आज सार्वजनिक गरिएका सहकारीहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी तथा नेपाल सहकारी वित्तीय संस्था रहेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पढ्न चाहने बालबालिकाका लागि मेरो सहयोग निरन्तर रहनेछ – मोहन…

    सिन्धुपाल्चोक,गाउँगाउँका सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’, सबै विद्यार्थीका लागि एउटै पोसाक र हातहातमा शैक्षिक सामग्री सुन्दा कुनै

    नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, ९३.८८ प्रतिशत मतसहित खड्गीमाथि…

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी बहुमतका साथ विजयी भएका छन्।

    नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट…

    काठमाडौँ — मलेसियामा कार्यरत नेपाली राष्ट्रियताका श्रमिकहरूका लागि खुसीको खबर छ। मलेसिया सरकारले आगामी वर्ष २०२७ को बजेट सार्वजनिक गर्दै

    नेपालमै फाइभ-जी सेवा सुरु गर्ने सरकारको तयारी, श्रम होइन प्रविधि…

    काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ–जी

    दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति…

    काठमाडौँ — महान् चाड दसैँमा घर जाने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    Techie IT