समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्छ – महामन्त्री शर्मा
ललितपुर/ ४ असाेज, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्छ भन्ने बताउनुभएको छ।
नेपाली कांग्रेस पेेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमेक्रयाटिक लयर्स एशाेशियसनद्वारा विहिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयाेजित संविधान संशोधन : आवश्यकता र चुनाैती विषयक छलफल कार्यक्रममा मन्तव्य राख्नुहुँदै उहाँले संविधानकाे सफलताको निमित्त सफल कार्यान्वयन, समानुकुल परिमार्जन, संविधान अनुकूलकाे रुप प्रबृत्तिकाे विकास र व्यवस्था परिवर्तनमार्फत अवस्था रुपान्तरणकाे बिषय महत्त्वपूर्ण भएको बताउनुभएको हाे।
“आवश्यकता अनुसार संविधान संशोधनकाे बिषय दशकाैंसम्म चलिरहन्छ, बदलिएको नागरिककाे आवस्यकता अनुसार त्यसवेला रुपान्तरण गर्दै लैजानुपर्छ,संघीयता, समानुपातिक समावेशीकाे जगमा अडिएर संविधान संशोधन गर्दैगर्दा यसलाई अझ बलियाे बनाउने काम हुन्छ, नेपाली कांग्रेस जिम्मेवार दलका रुपमा प्रतिवद्ध छ।” महामन्त्री शर्माले भन्नुभयो ।
हरेक दलहरुका विमतिका बीचमा संविधान संशोधन गर्नु चुनाैतीपूर्ण छ भन्नुहुँदै उहाँले संशोधनका बिषयमा सबै दलहरुबीच मिलेका सहमतिका बुँदा पहिचान गर्न सक्नुपर्छ भन्नुभयो।
उहाँले संशोधनले दीर्घजीवन प्राप्त गर्छ भन्नुहुँदै नेपाली कांग्रेस वदलिंदाे परिस्थिति अनुसार संविधान संशोधन गर्न समयअनुसार आइपर्ने सवै बिषयबस्तुलाई परिपक्वतापूर्वक लिएर संयम भएर लाग्छ भन्नुभयो ।
“संविधान संशोधनमा एमाले र माओवादीलाई संगसंगै लिएर जानुपर्छ, माओवादी सहितकाे सहकार्य जरुरी छ, उसले उठाएका मुद्दाहरुलाई पनि सम्बाेधन गर्नुपर्छ, माओवादीले अवेगमुक्त भएर संशोधनमा सहयाेग गर्नुपर्छ।” उहाँले भन्नुभयो।
महामन्त्री शर्माले अहिले प्रदेशका मुख्यमन्त्रीहरुले आसन पायाैं, शासन पाएनौं भनेका छन् भन्नुहुँदै त्यसलाई सम्बाेधन गर्दै संविधान कार्यान्वयन गर्न झण्डै तीन दर्जन कानुनहरु बनाउँनै बाँकी रहेको अवस्थामा संविधान संशोधनकाे मुद्दा अगाडि बढिरहेको छ भन्नुभयो । उहाँले पार्टीका हरेक तहमा बाैद्धिक अन्तरक्रिया नियमित रुपमा हुनुपर्छ भन्नुहुँदै यसबाट जनस्तरका कुराहरूका साथै संविधान कार्यान्वयनमा भएका कमजोरी आउन सक्छ भन्ने धारणा राख्नुभयाे । उहाँले संविधानका कमजोरीलाई केलाएर सुधार नगर्ने हाे भने संशोधनकाे कुनै ओैचित्य छैन भन्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डाक्टर डिला संग्राैला, संविधानविदद्वय राधेश्याम अधिकारी र विपिन अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियाे।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- २ नेपालमा परेको विपत्तिप्रति माल्दिभ्सको ऐक्यबद्धता, खनाल–आदमबीच फोनवार्ता
- ३ सैनिक पोशाक प्रयोग गरेको विवादमा आएको ‘ग्रिन आर्मी’को दर्ता खारेज
- ४ भोटेकोशी बाढीका कारण २३औँ निजामती सेवा दिवसका कार्यक्रम रद्द
- ५ एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल
- ६ जेनजी आन्दोलनको एक वर्ष : आज शहीद दिवस मनाइँदै
- ७ सप्तकोशीको बहाव खतराको तहमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस