सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ/१६ असोज: गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ ।
गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
“वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्देशन दिएको छु”, उहाँले भन्नुभयो ।
थप समन्यव र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताउनुभयो । मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकक धेरै राजमार्गहरु अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान
- ६ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ७ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव

तपाईको प्रतिक्रिया दिनुहोस