Techie IT
  • The Film Nepal
  • २०८३ असार ३१ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिसबैलाई एकताबद्ध गरेर लैजान छलफल जारी छ : उपसभापति गुरुङ

    सबैलाई एकताबद्ध गरेर लैजान छलफल जारी छ : उपसभापति गुरुङ


    काठमाण्डौ/ पौष २४,नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध गरेर अघि बढाउने विषयमा निरन्तर छलफल भइरहेको बताउनुभएको छ।
    बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति गुरुङले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको तथा केन्द्रीय कार्यसम्पादन समितिले नियमित महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको सन्दर्भमा दुवै विषयलाई मिलाएर लैजानेबारे छलफल चलिरहेको जानकारी दिनुभयो।
    उहाँले पुस २६ गतेदेखि बोलाइएको विशेष महाधिवेशन र नियमित महाधिवेशनका विषयमा पार्टीभित्र सहमति जुटाएर अघि बढ्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। सबैको साझा चाहना पार्टीलाई अझ बलियो बनाउने नै रहेको उहाँको भनाइ छ।

    उपसभापति गुरुङले भन्नुभयो, “कुनै न कुनै बिन्दुबाट सबैलाई मिलाएर लैजाने विषयमा हाम्रो छलफल भइरहेको छ। सबै कुरा मिलाएर अघि बढ्ने प्रयास छ। सबैको चाहना पार्टी बलियो होस् भन्ने नै हो। पार्टीलाई झगडाको अवस्थामा नपुऱ्याई एकतावद्ध भएर अघि बढ्नुपर्छ। अन्तिमसम्म पनि हामी पार्टीलाई एक बनाएर लैजाने आशमा छौँ।”
    पार्टीभित्रको त्याग र बलिदानलाई स्मरण गर्दै सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रतिनिधिसभाका तीन समितिको बैठक आज, धितोपत्र बजारदेखि ग्यास आपूर्तिसम्मका विषयमा…

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्दैछ। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा उद्योग,

    मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद…

    काठमाडौं । सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई रोकिएको नगद पुरस्कार उपलब्ध गराउनेलगायत

    एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको…

    काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप

    तीन दिन नदीमा बहाव बढ्ने पूर्वानुमान, काठमाडौं उपत्यकासहित धेरै जिल्लामा…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश नदी तथा खोलामा पानीको बहाव

    भानुभक्तको मार्ग आत्मसात गर्दै नेपाली भाषा–साहित्यको संरक्षण गर्न सभामुख अर्यालको…

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा

    संघीय संसदका चार समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाको एक गरी चार वटा समितिको बैठक बस्दैछन्। बैठकहरूमा राष्ट्रिय

    Techie IT