Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २९ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारसफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा सम्पन्न

    सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा सम्पन्न


    ललितपुर। ५ चैत,फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रियसन नेपालले हाम्रो साइकल यात्रा सम्पन्न गरेको छ ।
    क्रियसन नेपालको आयोजनामा बुधबार ललितपुरमा भएको साइकल यात्रा बिहान ७ बजे ललितपुरको शंखमुलबाट सुरु भएर बागमतीको करिडोर हुँदै बल्खु पुलबाट धोवीघाट भएर एकान्तकुना, जावलाखेल पुल्चोक हुँदै कुपण्डोलबाट बागमती करिडोर भएर पुनः शंखमुल पुगेर समापन भएको थियो।

    साइकल यात्राको सुभारम्भको अवसरमा धारणा राख्नुहुँदै क्रियसन नेपालका अध्यक्ष अरुणा कार्कीले यो साइकल यात्रा वातवारण तथा पर्यावरण संरक्षण र पृथ्वीको सुरक्षाका लागि निस्वार्थ भावले योगदान पुर्‍याउने नायकहरुको सम्मानका लागि उत्प्रेरित भएर गरिएको कार्यक्रम भएको बताउनुभयो।

    युरोपियन युनियनको सहयोगमा सञ्चालिल ग्रीनसिफ्ट परियोजना अन्तर्गत विश्व पुन:चक्रण दिवस २०२६ को अवसरमा आयोजित यस कार्यक्रममा चार सय भन्दा बढीको सहभागितामा साइकल यात्रा सम्पन्न भएको क्रियसनका महासचिव रोशना सुवेदीले जानकारी दिनुभयो।

    फोहोरमैला व्यवस्थापन, पुनःप्रयोग तथा चक्रिय अर्थतन्त्रको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महासचिव सुवेदीले बताउनुभयो ।
    “फोहोर होइन अवसर सोचौं” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा फोहोरलाई समस्या मात्र नभई अवसरका रूपमा हेर्ने सन्देश प्रवाह गरिएको क्रियसनका कार्यक्रम निर्देशक सुजाता कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा पुन:चक्रण व्यवसाय, हरित रोजगारी र दिगो विकास प्रवर्द्धनमा जोड दिइएको थियो । काठमाडौं उपत्यकाका करिब दुई सय जना फोहोर संकलनकर्ताको सहभागितामा गरिएको साइकल यात्रामार्फत फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूको योगदानको सम्मान गर्नुका साथै फोहोर वर्गीकरण, पुनःप्रयोग र जिम्मेवार उपभोगबारे जनचेतना अभिवृद्धि गरिएको थियो।
    कार्यक्रमका क्रममा पुनः चक्रण उद्यमी, फोहोर संकलनकर्ता तथा साझेदार संस्थाहरूलाई सम्मानपत्र वितरण गरिएको थियो। कार्यक्रममा विभिन्न रिसाइक्लिङ सामग्रीहरूको प्रदर्शनी समेत आयोजना गरिएको थियो, जसले सहभागीहरूलाई नवप्रवर्तन र दिगो अभ्यासबारे जानकारी गराएको थियो।
    नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ र स्वस्थ वातावरणको अधिकार तथा ठोस फोहोर व्यवस्थापन ऐन २०११, राष्ट्रिय वातावरण नीति २०१९ लगायतका नीतिसँग जोडिएको यस अभियानले फोहोरको मात्रा घटाउने, हरितगृह ग्यास उत्सर्जन कम गर्ने र दिगो उपभोग तथा उत्पादनलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।
    युरोपियन युनियनको सहयोगमा ग्रीनसिफ्ट परियोजना अन्तर्गत आयोजित कार्यक्रममा साझेदारका रूपमा रेस्टलेस डेभलपमेन्ट र यूथ इनोभेसन ल्याबको सहभागिता रहेको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन

    काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन

    रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म…

    काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित

    आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

    काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज

    जलवायु परिवर्तन, हिमतालको जोखिम र उठाउनु पर्ने आवाज

    शोभाखर भण्डारी नेपाल विश्वका ती देशहरूमध्ये एक हो, जसले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न अत्यन्त न्यून योगदान दिएको छ, तर

    त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान

    बाढीपछिको खोज तथा उद्धारबारे प्रधानमन्त्री शाह र न्युजील्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन…

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच भोटेकोशी बाढीपछिको अवस्थाबारे टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले

    Techie IT