सप्तकोशीको बहाव खतराको तहमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
काठमाडौँ । पूर्वी पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ। बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ।
सुनसरी प्रहरीले सोमबार दिउँसो १२ः१५ बजे गरेको मापनअनुसार कोशी ब्यारेज हुँदै २ लाख ७ हजार ४३५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको जनाएको छ।
बहाव व्यवस्थापनका लागि कोशी ब्यारेजका मुख्य ५२ र नहरका ४ गरी कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
पानीको बहाव खतराको तहमा पुग्न थालेपछि ब्यारेजमा चेतावनीस्वरूप रातो बत्ती बाल्नुका साथै रातो झण्डासमेत फहराइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तकोशीको जलसतह र बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ। नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई विशेष सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र नदी किनारमा अनावश्यक गतिविधि नगर्न प्रहरीले आग्रह गरेको छ।
लगातार वर्षा भइरहेकाले सप्तकोशीको बहाव अझ बढ्न सक्ने भन्दै सम्बन्धित निकायले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस