सतचालीसौं शृङ्खलाको प्रतियोगिता आजैबाट सुरू
काठमाण्डौं/ भदौ २५,प्रकृतिका विविधाङ्गी रूप, दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ । बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पङ्क्तिमा हुन्छ । बाछिटाको पहिलो पङ्क्तिमा विषयवस्तुको उठान गरिन्छ ।
बाछिटाको दोस्रो पङ्क्तिमा विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याइन्छ । बाछिटाको तेस्रो पङ्क्तिमा विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गरिन्छ । बाछिटाको तीन पङ्क्तिबीच भाव र अर्थगत सामन्जस्यता रहनुपर्छ । बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ ।
बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ । बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ । बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ । बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ ।
बाछिटा लेखनका उल्लिखित सैद्धान्तिक मान्यताको सर्वोपरि महत्त्व रहेको छ । तीन, पाँच, तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ । मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि रहन्छ र प्रतीकात्मक पनि बन्छ ।
यो प्रतियोगिता बाछिटा लेखन र प्रकाशनको थलो पनि हो, त्यसैले यसमा एकपटक पुरस्कृत भइसक्नुभएका स्रष्टाहरू अप्रतियोगीका रूपमा हरेक शृङ्खलामा सहभागी हुन सक्नुहुनेछ, तर एकपटक पुरस्कृत भइसक्नुभएका स्रष्टाले पुनः बाछिटा पोस्ट गर्दा प्रस्ट रूपमा बाछिटाको मास्तिर वा मुन्तिर ’अप्रतियोगी’ भनेर उल्लेख गर्नुपर्नेछ ।
हरेक साता पुरस्कृत स्रष्टाहरूलाई साहित्यपोस्टले सम्पर्क राखेर पुरस्कार पुऱ्याउने प्रयास गर्नेछ । कुनै कारणले साहित्यपोस्टले पुरस्कृत स्रष्टालाई सम्पर्क गर्न नसकेमा पुरस्कृत स्रष्टाहरुले प्राविधिक समस्या हो भन्ने बुझेर नेपालभित्रका बाछिटाकारहरूले ९८४९०७०५७१ मा सम्पर्क गर्न हुन पनि अनुरोध गरिन्छ । त्यसैगरी विदेशमा रहनुभएका स्रष्टाहरूले ह्वाट्सएप नम्बर ९८५१०९७८८८ मा सम्पर्क गरेर पुरस्कार र थप विवरण सम्बन्धमा जानकारी लिन अनुरोध गरिन्छ ।
सतचालीसौं शृङ्खलाको प्रतियोगिता आजैबाट सुरू भई नेपाली समयानुसार असोज २ गते (बुधबार) रातको ११ बजेर ५९ मिनेटसम्म रहनेछ । त्यसपछि प्राप्त बाछिटाहरूलाई प्रतियोगितामा समावेश गराइने छैन ।
बाछिटा प्रतियोगितामा सहभागी हुन सम्पूर्ण बाछिटाकारहरूमा हार्दिकता साथ अपिल गर्दछौँ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ काठमाडौंमा मोबाइल छापप्रति जनलहर बढदो, खुल्यो खगेश रञ्जिकारको सम्पर्क कार्यालय
- २ समृद्धि र विकासका लागि मोवाइलमा मतदान गर्न रुपन्देही–१ का उम्मेदवार बदरु दोजा फकिरको अपिल
- ३ मिडिया, सामाजिक सञ्जालमा गगन र अमरेशको चर्चा भएपनि घरघर र मतदाताकाबीचमा मोबाइल छापको चर्चा छ : रिंकी साह
- ४ प्रभु साहको उद्घोष—“म प्रधानमन्त्री भएँ भने नेपालमा विद्युत्, सञ्चार सेवा (मोबाइल र डाटा) तथा खानेपानी निःशुल्क उपलब्ध गराउनेछु”
- ५ काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितको घरदैलो कार्यक्रम तिब्र
- ६ रौतहटको विकास, समृद्धि, सम्मान र उज्जवल भविष्यका लागि मोबाइलमा मतदान गर्न प्रभु साहको अपिल
- ७ रुपन्देहीमा आजपा उम्मेदवार राधेश्याम गुप्ताको घरदैलो कार्यक्रम तिब्र, मोबाइलमा मतदान गर्न अपिल

तपाईको प्रतिक्रिया दिनुहोस