Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठशिक्षासगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन


    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ।
    साउन ८ गते शुक्रबार क्याम्पसमा आयोजित भेलाले बिश्वकिर्तिमनी सगरमाथा आरोही कल्पना महर्जनको नेतृत्वमा ९ सदस्यीय सञ्जालको गठन गरेको हो।
    सञ्जालको सह-संयोजकमा जीतमान राई, सचिवमा दिनेश सुनार र सहसचिवमा अमृता गौतम चयन हुनुभएको छ भने दिनेश पुजारी कोषाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ।
    सञ्जालको सदस्यहरूमा शारदा अधिकारी, आश्वाश पराजुली, रिचेन तामाङ र सन्देश मालाकार चयन भएका छन्। महर्जन नेपाल र चीन दुवैतर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला पत्रकार हुन्।
    सञ्जालले विद्यार्थी कल्याणका लागि काम गर्ने, मानवशास्त्रलाई एउटा विषयका रूपमा प्रवर्द्धन गर्ने र क्याम्पस/विश्वविद्यालय प्रशासन तथा विद्यार्थीहरूबीच सम्पर्क सेतुको काम गर्ने योजना बनाएको संयोजक महर्जनले जानकारी दिनुभयो।
    उक्त कार्यक्रममा मन्तव्य राख्नुहुँदै मानवशास्त्रका प्राध्यापकहरूले मानवशास्त्र विषयबारे धेरैभन्दा धेरै विद्यार्थीलाई जानकारी पुर्‍याउनु आवश्यक रहेको औंल्याउँदै विद्यार्थी सञ्जालले सो प्रक्रियामा सघाउ पुर्‍याउने अपेक्षा राखेको बताउनुभयो।
    भेलामा मानवशास्त्र विभागका प्रमुख डा. गोकर्ण ज्ञवाली, होम याम्फु राई, डा. हरि प्रसाद भट्टराई, विष्णु दाहाल र नवराज बस्नेतलगायत क्याम्पसका प्राध्यापकहरू उपस्थित हुनुहुन्थ्यो। पाटनमा विद्यार्थीहरूको यस्तो पहिलो सञ्जाल हो।
    पाटन संयुक्त क्याम्पसमा मानवशास्त्र विषय स्नातक र स्नातकोत्तर तह दुवैमा अध्यापनको व्यवस्था हुँदै आएको छ। सञ्जालले यसलाई भावी विद्यार्थीहरूसम्म विषयबारे थप जानकारी पुर्‍याउने अवसरका रूपमा हेरेको छ। सञ्जालका उद्देश्यहरूमा मानवशास्त्रलाई एउटा विषयका रूपमा प्रवर्द्धन गर्ने, अनुसन्धानमूलक कार्यहरू सञ्चालन गर्ने र विद्यार्थीहरूलाई रोजगारीका अवसर पहिचान गर्न तथा एकआपसमा जोडिन सहयोग गर्ने प्लेटफर्म निर्माण गर्ने रहेका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT