संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका खतिवडा निर्विरोध चयन
काठमाडौं । संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन् । समितिको शुक्रबार साँझ बसेको बैठकमा सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेकोमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।
लगत्तै समितिमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले निर्विरोध सभापति चयन भएको घोषणा गरेका छन् ।खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदमा रहँदा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा दोषी देखिएका थिए । खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए ।
निजामती विधेयकमा भएको कुलिङ पिरियड छेडखानीमा नैतिक जिम्मेवार ठहराएपछि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिएका थिए ।संवैधानिक व्यवस्थाअनुसार सभापतिको पदवहाली गर्नुअघि उनले आगामी सोमबार सभामुखसँग पद तथा गोपनियताको शपथ लिनेछन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ५ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ एनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए

तपाईको प्रतिक्रिया दिनुहोस