Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २४ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिसंसदमा सुहाङले उठाए एम्बोस्ड नम्बर प्लेटको औचित्यमाथि प्रश्न

    संसदमा सुहाङले उठाए एम्बोस्ड नम्बर प्लेटको औचित्यमाथि प्रश्न


    काठमाडौं।नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने सरकारको निर्णयमा प्रश्न उठाएका छन् ।संसद्को बुधबारको बैठकमा शून्य समयमा बोलेका नेम्वाङले सवारी प्रयोगकर्ता नागरिकलाई सरकारले सास्ती दिइरहेको आरोप लगाए ।
    नेम्वाङले पर्याप्त तयारीबिना निर्णय गरेर लागु गर्न खोज्ने सरकारको हठी शैलीमा समेत प्रश्न उठाए ।“सरकारले इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय गरेको छ । तर, वर्तमान परिस्थितिमा यसले जनतालाई थप शास्ति मात्र बढाउनेछ,” नेम्वाङले भने- “सवारी प्रयोग गर्ने आम जनतामाथि पहिले नै धेरै भार छ । गाडी किन्नसाथ उच्च कर, हरेक वर्ष बिमा, सडक कर तिर्न लामो लाइन र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो लाइन ।”

    उनले यही कारण जनताबाट सरकारप्रति प्रश्न उठिरहेको बताए । “यहाँ जनताको तहबाट प्रश्न उठेको छ, इम्बोस्ड नम्बर प्लेटको औचित्य के हो ? के हामीसँग पर्याप्त प्रविधि, सेवाकेन्द्र र जनशक्ति छ?,” उनको प्रश्न छ, -“जब हजारौँ नागरिकले वर्षौं कुर्दा पनि लाइसेन्स पाएका छैनन् । कर तिर्न दिनभर लाइन बस्नुपरेको छ । यस्तो अवस्थामा इम्बोस्ड नम्बरप्लेट किन अनिवार्य गरिँदैछ, त्यो पनि नम्बर अंग्रेजीमै ?”
    उनले अगाडि भने -“आम जनताले हाम्रो भाषा र भावनासँग जोडेर पनि प्रश्न उठाएका छन् ।”




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

    काठमाडौं ।  विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा

    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    काठमाडौं।समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

    काँग्रेसका साँसदहरुद्धारा प्रतिनिधिसभा पुर्नस्थापनाको माग गरिएको रीट निवेदन दर्ता

    काठमाडौं।नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।दुई दिन अघि नै पेस भएको रिटलाई

    भ्रष्टाचारविरुद्ध कठोर हुने र धम्कीबाट नडराउँने प्रधानमन्त्री कार्कीको भनाई

    काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् ।उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम

    एमालेको ११औं महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी…

    काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि  महाधिवेशनमा २ हजार ६ सय १३ जना प्रतिनिधि सहभागी हुनेछन् ।एमालेको महाधिवेशन बन्द

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    Techie IT