Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २५ सोमबार

    अपडेट
    गृहपृष्ठस्वास्थ्यसंसदभित्रै मेडिकल माफिया छन्: मोहन बस्नेत

    संसदभित्रै मेडिकल माफिया छन्: मोहन बस्नेत


    काठमाडौं । पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले मेडिकल माफियाहरूका कारण नेपालमा पाँच वर्षपछि चिकित्सक, नर्स र प्यारामेडिक्सहरू नपाइने बताएका छन् ।

    बिहीबार बजेटको विनियोजन विधेयकमाथि छलफलमा सहभागी हुँदै सांसद बस्नेतले सबै पार्टी र संसदभित्र मेडिकल माफियाहरूको जगजगी रहेको बताए । उनले स्वदेशमा एमबीबीएस, नर्स र प्यारामेडिक्स अध्ययन गर्न अबरोध भएका कारण लाखौँ विद्यार्थी र अर्बौं रुपियाँ विदेश बाहिरएको बताए ।

    उनले भने, ‘धेरै समस्याहरू छन् । भोलि हामीले डाक्टर राख्न सक्ने भयौँ, नर्स राख्न सक्ने भयौँ भने प्यारामेडिक्स राख्न सक्ने भयौँ भने पनि कहाँ लिन जाने ? एउटा डाक्टरलाई दुर्गम ठाउँमा लैजान ३ लाख रुपियाँ दिनुपर्छ । तैपनि जान मान्दैनन् ।’

    ‘सबैले चाहिँ, राम्रा राम्रा विषयका डाक्टर’साबहरू बढि बसीरहेका हुन्छन् । पाइरहेको हुँदैन’, उनले भनेका छन् ।

    ‘यही मेडिकल शिक्षा, चिकित्सक शिक्षाको यहि अवस्था रह्यो भने यो देशमा पाँच वर्षपछि डाक्टर र नर्स, प्यारामेडिक्स पाइँदैन’, बस्नेतले भने, ‘त्यो कुरालाई अहिले ध्यानमा राख्नुपर्छ । र, मेडिकल माफियाहरू यो देशमा जगजग गरेर बसेका छन् । लगभग लगभग धेरै पार्टीमा हुनुहुन्छ । यो खेल्ने । यहिँ पार्लियामेन्टमा पनि हुनुहुन्छ । नाउ धेरैले लिइसक्नु भएको छ अस्ति यहाँ बोल्ने माननीयज्यूहरूले । मैले पनि सुनिरहेको छु । मैले हेरेको छु उहाँहरूलाई । के हो ? के पारा हो यो ?’

    उनले भने, ‘ठूला कुरा गर्ने यहाँ । नेपालमा पढाउन नपाउने शिक्षा अनि लाखौँ विद्यार्थी विदेशिनु पर्ने खर्बौं पैसा विदेश जानुपर्ने विदेशबाट साउथ र साउथ ईष्ट एशियाका मुलुकका विद्यार्थी यहाँ एमबीबीएस पढ्न आउँदा नेपालले धेरै पैसा कमाएको थियो । खर्बौ रुपियाँ नेपाल आउन सक्छ । खर्बौं रुपियाँ बाहिर जान त छोड्नुस् ।’

    ‘तर, एउटा व्यक्तिले भनेपछि कहाँ कहाँ सेटिङ हुन्छ यहाँ पढाउन नपाउने’, उनले भने, ‘मैले । म यो मन्त्रालय (स्वास्थ्य मन्त्रालय)मा प्रवेश गरेदेखि मलाई धेरैले सहयोग पनि गर्नुभएको छ ।’

    ‘प्रवेश गरेदेखि चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्छ भनेर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूलाई मैले क्याबिनेटमा कुरा राखे’, उनले भने, ‘यो गम्भीर विषय हो भनेर उहाँले शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, सचिवजीहरू, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, माननीय उपप्रधानमन्त्रीज्यूहरूलाई राखेर दुइपल्ट मिटिङ राख्नुभयो । यो प्रक्रियालाई अलिकति अगाडि बढ्यो मात्रै होइन, मैले नेपालका सरकारी अस्पतालहरू जहाँ एक सयदेखि ३ सयसम्म बेड सञ्चालनमा छ त्यहाँ नर्स र प्यारामेडिक्स पढाउने व्यवस्था गर्नुपर्छ र ३ सय बेडभन्दा माथि सञ्चालन भएका अस्पतालहरूमा एमबीबीएस पढाउने व्यवस्था हुनुपर्छ भनेर स्वास्थ्य मन्त्रालयमा निर्णय गरेँ ।’

    उनले भने, ‘चिकित्सा शिक्षा आयोगसँग सल्लाह लियौँ । शिक्षा मन्त्रालयमा परिपत्र ग¥यौं । यो सीटीइभीटीमा धायौँ । सबैतिर समन्वय गरेर स्वास्थ्य मन्त्रालय फाइनल निर्णय गरेर क्याबिनेटमा लगेको छ । क्याबिनेटमा गएको दुई दिनभित्र म बाहिरिएँ । त्यो निर्णय हुन सकेको छैन ।’

    ‘देशको यति ठूलो निर्णय । सम्माननीय प्रधानमन्त्री उत्साहित हुनुहुन्थ्यो । मलाई पनि उत्साहित गर्नुभएको थियो । राम्रो काम गरिरहनु भएको छ भनेर मलाई भनिरहनु हुन्थ्यो । सार्वजनिक ठाउँमा पनि भन्नुभएको छ’, सांसद बस्नेतले भने ।

    ‘त्यो निर्णय कार्यान्वयन हुनको लागि क्याबिनेटमा पास हुनको लागि नेपाली कांग्रेस नै स्वास्थ्य मन्त्री भएर जानु पर्ने हो की ? मै जानु पर्ने हो की ? जसले गरे पनि हुन्छ यो काम’, उनले भने ।

    ‘त्यो निर्णय भयो भने नेपालका प्रायः जसो पुराना अञ्चल अस्पतालहरूमा सय बेडभन्दा माथि छ’, उनले भने, ‘सबैले नर्सिङ र प्यारामेडिक्स पढ्ने व्यवस्था हुन्छ ।’

    ‘क्रमशः एमबीबीएस पढाउने व्यवस्था हुन्छ । अहिले बजेटमा यो विषयमा छोटो कुरा उल्लेख गरेको छ । बजेट स्पष्ट छैन । कुरा उल्लेख गरेको छ । म त्यसको लागि धन्यावाद दिन्छु अर्थमन्त्रीज्यू र सरकारलाई । उल्लेख छ । उल्लेख भएअनुसार यसै शैक्षिकसत्रबाट शुरु हुने गरी चाहे नर्सिङ होस्, चाहे प्यारामेडिक्स होस्, चाहे एमबीबीएस होस् पढाउने व्यवस्था गरोस् । यो सरकारले ध्यानाकर्षण गराउन चाहन्छु’, बस्नेतले भने ।

    ‘स्वास्थ्य मन्त्रीज्यूलाई त्यहि मन्त्रालयबाट आएको प्रस्ताव भएको हुनाले तपाईले फ्लोअप गरेर एकचोटी क्याबिनेटमा कुरा गर्नुभयो भने मैले बुझेसम्म सम्माननीय प्रधानमन्त्री पोजेटिभ हुनुहुन्छ । कुनै मन्त्रीज्यूहरूले त्यहि गिरोहभित्र छिरेर त्यहाँ लबिङ गरेर हुन्न भन्न थाल्नुभयो भने बाहिर ल्याउनुस् न यहिँ पार्लियामेन्टमा तह लगाइहाल्छन् नि’, सांसद बस्नेतले भने ।

    उनले भने, ‘सिन्धुपाल्चोकमा कमसेकम नेपाली कांग्रेसले जितेका पालिकामध्ये एउटा मै भएको नगरपालिका बाह्रबिसे, अर्को भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा हामीले बाह्र क्लाससम्म निःशुल्क पढाइ शुरु गरेको डेढ वर्षभन्दा बढि भइसकेको छ । चाह्यो भने हुन्छ नी ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन…

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि

    कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस,…

    काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको

    आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै

    भरतपूर ।नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ ।‘आधुनिक, सुलभ, किफायती र

    चितवनमा १३ जनामा औलो संक्रमण पुष्टि

    नारायणगढ। चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् ।औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका

    पशुपति मित्र माविद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना

    काठमाडौं । काठमाडौंको चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयको आयोजनामा ‘वृहत निशुल्क स्वास्थ्य परिक्षण शिविर’ सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका

    का.म.न.पा, स्वास्थ्य विभागद्वारा एक दिने अभिमुखीकरण सम्पन्न

    काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको आयोजनामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    Techie IT