संयुक्त राष्ट्रसंघद्वारा सबै पक्षलाई ‘विवेक प्रयोग गर्न’ आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका आक्रमणहरूको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका छन् । उनले यस्ता आक्रमणहरूले मृत्यु, विनाश र मानवीय पीडा मात्र निम्त्याउने बताएका छन् ।
टर्कले विज्ञप्ति जारी गर्दै भनेका छन्, “म आज बिहान इजरायल र अमेरिकाद्वारा इरानमा गरिएका सैन्य आक्रमण र त्यसपछि इरानले गरेको प्रतिशोधात्मक प्रहारको निन्दा गर्दछु । कुनै पनि सशस्त्र द्वन्द्वमा सर्वसाधारणले नै ठूलो मूल्य चुकाउनुपर्छ ।”
टर्कले मिसाइल र बमहरू मतभेद सुल्झाउने उपाय नभएको बताएका छन् । उनले थपे, “नागरिकहरूलाई यस्तो भयानक परिणामबाट बचाउन म संयम अपनाउन, सबै पक्षलाई विवेक प्रयोग गर्न, तनाव कम गर्न र वार्ताको टेबुलमा फर्कन आग्रह गर्छु । जहाँ उनीहरू केही घण्टा अघिसम्म सक्रिय रूपमा समाधान खोजिरहेका थिए ।”
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आफ्ना इरानी समकक्षी अब्बास अरागचीसँग टेलिफोन वार्ता गर्दै अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । रुसी विदेश मन्त्रालयका अनुसार उनले यी आक्रमणहरू तत्काल रोक्न आग्रह गरेका छन् ।
कतारका अमिर र साउदी अरबका युवराजबीच भएको टेलिफोन वार्तामा जारी घटनाक्रम र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा यसले पार्ने प्रभावबारे छलफल भएको छ ।
वार्ताको विवरण अनुसार, कतार र साउदी अरबले कुनै पनि किसिमको तनाव तत्काल रोक्न र वार्ताको टेबुलमा फर्कन आवश्यक रहेकोमा जोड दिएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस