Techie IT
  • The Film Nepal
  • २०८२ पुष ३० बुधबार

    गृहपृष्ठसमाचार‘संघ, प्रदेश र स्थानीय तहबीच ओैषधि खरिदमा समन्वय भएन’

    ‘संघ, प्रदेश र स्थानीय तहबीच ओैषधि खरिदमा समन्वय भएन’


    ललितपुर/१ असाेज: सरकारले निशुल्क वितरण गर्ने ओैषधि समयमै पुग्न नसकेकाे र ओैषधि खरिदमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसकेकोमा सराेकारवालाहरुले  चिन्ता व्यक्त गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरद्वारा आइतबार र साेमबार यहाँ आयाेजित आ.व. २०८०/०८१ मा ललितपुर जिल्लामा सम्पादित स्वास्थ्य कार्यक्रमहरुकाे वार्षिक समीक्षा गाेष्ठीमा जिल्ला स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख तथा अस्पतालहरुबाट सहभागीहरुले बार्षिक प्रतिवेदन प्रस्तुतिकरण गर्दै तीन तहकाे सरकारबीच स्वास्थ ओैषधि खरिद तथा स्वास्थ्य उपकरण व्यवस्थापनमा समन्वय नहुँदा समस्या आइपरेको बताएका हुन् ।

    ललितपुर महानगरपालिकाकाे जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले संघ र प्रदेशले खरिद गर्ने ओैषधि समयमा नै स्वास्थ्यसंस्थामा नआउँदा समस्या सृजना भएको बताउनुभयो । उहाँले यश बिषयमा संघ र प्रदेशले विशेष ध्यान दिनुपर्याे भन्दै वहुक्षेत्रीय पाेषण याेजनाकाे तेस्रो  चरणको याेजना कार्यान्वयनमा ध्यान दिनु आवश्यक रहेकाे बताउनुभयो । उहाँले स्थानीय तहमा स्वास्थ्यका लागि बजेट कम हुने हुँदा जेष्ठनागरिक, महिला बालबालिकाकाे स्वास्थ्यमा प्रदेश र संघले लगानी बढाउन ध्यान दिनुपर्याे भन्नेमा ध्यानाकर्षण गराउनुभयाे । वैकल्पिक चिकित्साका कार्यक्रम र बजेट व्यवस्थापन गरिनुपर्ने र गैर सरकारी संस्थाले गर्ने स्वास्थ्य सम्बन्धि कामहरु जिल्ला स्वास्थ्य कार्यालयसंग समन्वय हुनुपर्याे भन्नेमा ध्यानाकर्षण गराउनुभयाे । त्यस्तै प्रदेशले नियुक्त गरिने स्वास्थ्यकर्मीहरुकाे तलव भार स्थानीय तहलाई पारिनु हुँदैन भन्दै यसले बजेट व्यवस्थापनमा असहज बनाएकाे बताउनुभयो ।
    गाेदावरी नगरपालिका वडा नं. ११ स्थित प्रदेशस्तरीय बज्रबाराही अस्पतालका प्रमुख अंकुर पाैडेलले अस्पतालमा डाक्टर सहित ७७ जना जनशक्ति रहेकाे बताउँदै सेवालाई प्रभावकारी बनाउन ध्यान दिइने बताउनुभयो । उहाँले पर्याप्त जनशक्ति हुँदाहुँदै पनि सेवा प्रवाहमा प्रभावकारी हुन नसकेको गुनासाेलाई स्वीकार गर्दै केही दिन अगाडि मात्रै प्रदेश स्वास्थमन्त्रीबाट अनुगमन भई दिएकाे निर्देशन अनुसार स्वास्थ्य सेवा र प्रशासनिक सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    सुमेरु सिटी अस्पतालका दिनेश आचार्यले आगामी पाँच बर्षमा नर्सिङ जनशक्तिकाे समस्या देखिने र यसले भयावह अवस्था सृजना हुन सक्ने भन्दै यसका लागि गम्भीर भएर साेच्नुपर्ने बताउनुभयो ।
    प्रस्तुतिकरण पश्चात् सुधारका लागि सुझाव दिनुहुँदै बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारीले स्वास्थ्यका बिषयमा सम्पादित कामकाे प्रतिवेदन समयमा न‌ै पेश गर्न आग्रह गर्नुभयाे । उहाँले आगामी दिनमा अझै प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउन आग्रह गर्नुभयाे। “स्थानीय तह स्वास्थ्य सुदृढीकरणका लागि ७५ कराेड पठाएका छाैं । निजी संस्थाकाे प्रतिवेदन पेश गर्ने सम्बन्धमा समस्या छ, यसलाई समाधानमा ध्यान दिनुहाेला।” उहाँले भन्नुभयो ।
    बागमती प्रदेशकाे अस्पताल विकास महाशाखा प्रमुख डाक्टर खगेश्वर गेलालले सेवा प्रवाहमा तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ भन्नुहुँदै प्रदेश स्वास्थ्य सेवा ऐन समितिबाट पारित भएर प्रदेशसभामा पेश हुने क्रममा रहेकाे जानकारी गराउनुभयाे । उहाँले  मानसिक स्वास्थ्य र आत्महत्या राेकथामलाई प्रदेश सरकारले बजेट छुट्याएकाे जानकारी गराउनुभयाे । “सामजिक साेच र व्यवहारका मानसिक समस्या भएकाहरु पनि ओैषधि खानलाई डराउने हुँदा समस्या देखा परेको छ, मानसिक समस्याको बारेमा छलफल गर्नु आवश्यक छ । उनीहरुलाई आत्मसम्मानमा कुनै समस्या नआउने वातावरण बनाउनुपर्छ ।” डाक्टर गेलाले भन्नुभयो ।
    जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भुवन पाैडेलले जिल्लाभित्रका स्वास्थ्य कार्यालयहरुमा भाैतिक पूर्वाधारहरुकाे पर्याप्तता रहेकाे बताउनुभयो । उहाँले गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा जनशक्ति नपुग रहेकाे, बहुनिकाय सहकार्यकाे समस्या रहेकाे, खरिद र आपूर्तिमा समन्वय नभएको बताउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसको विशेष महाधिवेशनमा उमेदवारी दर्ता आज

    काठमाडौं।कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उमदेवारी मनोनयन आज हुने भएको

    आज आंशिक बदलीदेखि हुस्सु र कुहिरोसम्म लाग्ने सम्भावना

    काठमाडौं।तराईका क्षेत्रमा आज बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागले घाम लागेपछि दिउँसो हुस्सु र

    काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज

    राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालको १३औँ वार्षिक साधारणसभा तथा…

    ललितपुर — राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालको १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन ललितपुरमा सम्पन्न भएको छ। अधिवेशनले प्रविणकुमार

    सुशीला र ओमप्रकाशहरूले चुनाव गराउन केपी ओली र रमेश लेखकको…

    जनकपुर, २९ पुष । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी

    आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण

    वीरगंज, २९ पुस । आम जनता पार्टी (आजपा) र जन अधिकार पार्टी नेपाल बीच पार्टी एकता भएको छ । जन

    Techie IT