श्रीलंकामा आँधीबाट १५९ जनाको मृत्यु,ठूलो विनाश
काठमाडौं । श्रीलंकामा ‘दित्वा’ आँधीबाट १५९ जनाको मृत्यु भएको विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले भएका बताएका छन् ।आँधीपछिको विपद्मा १२० हजारभन्दा बढी घर नष्ट भएको छ । उक्त आँधीमा करिव २ सय भन्दा बढी हराइरहेको बताइएको छ ।
एक लाखभन्दा बढी मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको देशको विपद् व्यवस्थापन विभागले जनाएको छ ।विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले राहत तथा उद्धार कार्यमा स्थल, वायु र नौसेनाको पनि मद्दत लिइएको उल्लेख गरे ।
मध्य श्रीलंकास्थित बादुला जिल्लामा सडकबाट पुग्न असम्भव भएका कारण धेरै ठाउँको अवस्था अस्तव्यस्त छ । गाउँसम्म राहत सामग्री पुर्याउन समस्या भइरहेको जनाइएको छ ।सबैभन्दा बढी प्रभावित गाउँमा मानिस मन्दिर र घरमा शरण लिएर बसिरहेका छन् ।भूस्खलनका कारण सडक भत्किएकाले त्यहाँ बाहिरी मानिस पुग्न सकेका छैनन् । खाना र पिउने पानीको पनि समस्या भएको छ ।
देशको एकतिहाइ हिस्सामा बिजुली र पानीको अभाव भएको अधिकारीहरूले बताएका छन् । धेरै इलाकामा इन्टरनेट सेवा पनि अवरुद्ध छ । कोलम्बोबाट पूर्वतर्फ ११५ किलोमिटर टाढा क्यान्डीमा भूस्खलन भएको छ । सडक भत्किएको छ । धेरै इलाकामा जान सम्भव छैन ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ४ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ५ कांग्रेस संस्थापनइतर पक्षद्वारा महाधिवेशनसहित सबै निर्णय यथास्थितिमा राख्न माग
- ६ आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस