Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २९ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिश्रीमती र छाेरीले नजाउ भन्दै थिए, तर उद्धारका लागि खाेलामा हाम फालेँ – चनिकलाल तामाङ

    श्रीमती र छाेरीले नजाउ भन्दै थिए, तर उद्धारका लागि खाेलामा हाम फालेँ – चनिकलाल तामाङ


    ललितपुर/ १६ असाेज, गत असाेज १२ गते नख्खु खाेलामा दुई जनाकाे ज्यान बचाएका चनिकलाल तामाङले श्रीमती र छाेरीले नजाउ भन्दाभन्दै खाेलामा हाम फालेर दुई जनालाई बचाउने काम गरेकाे बताउनुभएको छ ।
    उहाँकाे सम्मानमा ललितपुर महानगरपालिकाले आज बुधबार यहाँ आयाेजना गरेको कार्यक्रममा उहाँले खाेलामा बग्दै आएकाे मान्छे देखेपछि उनीहरूलाई बचाउने काम गरेकाे बताउनुभयो ।
    “ठूलाे खाेला थियो, काठहरु पनि बगाएर ल्याएकाे थियाे, मान्छेलाई खाेलाले बगाउँदै नजिकै ल्यायाे, मन थाम्न सकिनँ, श्रीमती र छाेरीले नजाउ बगाउँछ भन्दै थिए, हाम फालेर बचाएँ।” चनिकलाल भन्नुभयो ।
    उहाँले मानवताकाे भावनाले ज्यान बचाएकाे भन्दै आशा नै नगरेको सम्मान महानगरले गरेकाेमा खुसी लागेकाे बताउनुभयो । “मलाई कुनै सम्मानकाे आश थिएन, तरपनि, नगद एक लाख रुपैयाँसहित गर्नुभयाे, यसमा खुसी छु।” उहाँले भन्नुभयो ।
    ललितपुर महानगरले चनिकलाललाई नगद एक लाख रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरेको हाे । सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चनिकलालले गरेको याे महत्त्वपूर्ण मानवीय कार्यकाे जति प्रशंसा गरेर पनि प्रशंसा गर्ने शब्दावली कम हुन्छ भन्दै ठूलाे जाेखिम माेलेर दुई जनाकाे ज्यान बचाएकाेमा धन्यवाद भन्नुभयो ।
    “बहादुरीपूर्वक जुन काम गर्नुभयो, त्याे ज्यादै प्रशंसा याेग्य छ, तपाईंको बहादुरीले दुई जनाकाे ज्यान बच्याे, याे सम्मान भन्दा पनि ठूला हाे, तपाईंले गर्नुभएको कुरा भविष्यमा पनि सम्झिरहनेछाैं ।” उहाँले भन्नुभयो ।
    सम्मान कार्यक्रममा ललितपुर महानगरका प्रबक्ता राजु महर्जन, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ, सामान्य प्रशासन महाशाखा प्रमुख देवप्रसाद गुरागाईलगायतकाे उपस्थिति रहेकाे थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन

    काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन

    रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म…

    काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित

    आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

    काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज

    जलवायु परिवर्तन, हिमतालको जोखिम र उठाउनु पर्ने आवाज

    शोभाखर भण्डारी नेपाल विश्वका ती देशहरूमध्ये एक हो, जसले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न अत्यन्त न्यून योगदान दिएको छ, तर

    त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान

    बाढीपछिको खोज तथा उद्धारबारे प्रधानमन्त्री शाह र न्युजील्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन…

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच भोटेकोशी बाढीपछिको अवस्थाबारे टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले

    Techie IT