श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम
काठमाडौं | श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले ४ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । पार्टी प्रवक्ता सत्य घले गुरुङका अनुसार आदिवासी जनजातीबाट पूर्णप्रसाद लिम्बू, खसआर्य महिलाबाट अम्बिकादेवी सङ्ग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेसी महिलाबाट रुवीकुमारी ठाकुर चयन भएका छन् ।
श्रम संस्कृतिले प्रत्यक्षतर्फ भने ३ सिट जितेको छ । खोटाङ, भोजपुर र सुनसरी १ मा प्रत्यक्ष तर्फ जित हासिल गरेको थियो ।
समानुपातिकतर्फ पार्टीभित्र महिला कार्यकर्ताहरू सांसदका आकांक्षी धेरै देखिएपछि सीमित सिटमा मिलाउन नेतृत्वलाई केही सकस भएको बताइएको छ। यसअघि आदिवासी जनजाति महिला क्लस्टरमा मकवानपुरकी मन्दिरा मोक्तान, काठमाडौंकी आशा लामा र सुनसरीकी समला राईको नाम चर्चामा रहेको थियो।
यता पुरुषतर्फ भने खसआर्य क्लस्टरमा दृष्टिसम्बन्धी अपाङ्गता भएका मोरङका जीवन विष्टसँग भद्र सहमति भएपछि अन्ततः क्याप्टेन लिम्बूको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ।
प्रहिलो पटक चुनाव लडेको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा ७ सांसदसहित आफ्नो उपस्थिति जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस