Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रशोधनान्तर र चालुखाता बचतमा, वाञ्छित सीमाभित्र मुद्रास्फीति

    शोधनान्तर र चालुखाता बचतमा, वाञ्छित सीमाभित्र मुद्रास्फीति


    काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीतिदर वाञ्छित सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालुखाता बचतमा छन् । त्यस्तै अर्थतन्त्रको बाह्य क्षेत्र पनि सन्तुलित देखिएको छ । विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढेको छ ।

    राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति गत जेठमा चार दशमलव १७ प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ७६ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९४ प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ४८ प्रतिशत छ ।

    गत जेठ मसान्तसम्ममा समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब ३९ करोडले बचतमा रहेको छ भने पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ४६ करोड कायम भएको छ । यो अवधिसम्मको खुद प्रत्यक्ष वैदेशिक लगानी रु आठ अर्ब १६ करोडले धनात्मक रहेको छ । यो अवधिसम्ममा शोधनान्तर स्थिति रु चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

    विसं २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चालु आवको ११ महिना अवधिमा २७ दशमलव ८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा रु १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ । आर्थिक वर्ष २०८०÷८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव एक महिनाको वस्तु आयात र १२ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    यो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव ३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ । चालु आवको जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या चार लाख २२ हजार नौ सय ३६ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ६२ हजार सात सय पाँच रहेको छ । यो अवधिमा आयात एक दशमलव आठ, निर्यात तीन र कूल वस्तु व्यापार घाटा एक दशमलव सात प्रतिशतले घटेको छ ।

    जेठ मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय नौ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव छ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर पाँच दशमलव छ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT