शेयर बजार लगातार छैटाैं काराेबार दिन घट्याे
काठमाडौँ । नेप्सेमा आज सामन्य गिरावट आएको छ । सोमबार बजार परिसूचक नेप्से ३.०२ अंक घटेको छ । यो कमीसँगै २६०६ मा कायम भएको छ । आज जलविद्युत्, बीमा, उत्पादन, व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ४७ वटा कम्पनीको शेयर घटेकोमा ९९ वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज अपर श्यांगे हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्सको शेयर ५.१६ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३ सय ३१ वटा कम्पनीको १ करोड १ लाख कित्ता शेयर ४ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- २ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ३ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ४ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ५ सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने
- ६ नेपाल–भारतबीच विद्युत् प्रसारण क्षमता विस्तार गर्ने सहमति, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने
- ७ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै

तपाईको प्रतिक्रिया दिनुहोस