शेयर बजार आज पनि सामान्य बढ्याे
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । यसअघि मंगलबारको बढ्दो क्रमलाई निरन्तरता दिँदै बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा उक्लेको हो ।
सुरुवाती कारोबारका क्रममा उच्च वृद्धिको लय समातेको नेप्से ११ : २६ बजे २५९३ अंकसम्म पुगको थियो । जुन अंक आजका लागि अधिकतम रह्यो । नेप्से झिनो अंक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन ३ अर्ब ४२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २२ करोडको भयो ।
यसदिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.३२ प्रतिशतले बढेको छ । त्यसैगरी, नेशनल हाइड्रोपावर कम्पनी र हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । अधिकांश अन्य स्टकहरूको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
त्यस्तै, यसदिन ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यसदिन यो कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको १४ करोड ४९ लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको १२ करोड ७९ लाखको कारोबार भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे
- २ कर्णाली बस दुर्घटनामा उद्धार ढिलो भएको भन्दै सांसद ज्ञानेन्द्र शाहीको सरकारमाथि तीव्र आलोचना
- ३ रास्वपाको नयाँ विधान : कार्यकारी र अनुशासन संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य
- ४ उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५ भित्र खातामा आउने
- ५ प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल हुने
- ६ संविधानका आधारभूत विषय चलाए देश दुर्घटनामा पर्न सक्छ : हर्क साम्पाङ
- ७ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल

तपाईको प्रतिक्रिया दिनुहोस