शुभकामना दिएको २४ घन्टामै पोप फ्रान्सिसको निधन
काठमाडौं । विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ ।इस्टरका अवसरमा आइतबार सेन्ट पिटर्स स्क्वायरमा उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले वक्तव्य जारी गर्दै पोपको निधन भएको जनाएको हो ।भ्याटिकनमा स्थानीय समयानुसार सोमवार बिहान ७ः३५ बजे ८८ वर्षीय फ्रान्सिसको निधन भएको बीबीसीले जनाएको छ ।
उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । र, लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए ।“प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपर्दछ”, कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भने | विश्वका नेताहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले उनलाई ‘नम्रताको मानिस’ भनेका छन् ।
डच प्रधानमन्त्री डिक फले उनलाई ‘क्याथोलिक र गैर–क्याथोलिकहरूका लागि समान रूपमा रोल मोडेल’ भनेर वर्णन गरेका छन्।पोप फ्रान्सिस अर्जेन्टिनाका एक जेसुइट पादरी थिए, जो २०१३ मा रोमन क्याथोलिक चर्चका २६६ औं पोप बनेका थिए । उनी पोप बेनेडिक्ट सोह्रौंको उत्तराधिकारी निर्वाचित भएका थिए ।आइतबार उनले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै ‘शुभ इस्टर’ भन्दै शुभकामना दिएका थिए। उनले आफ्नो परम्परागत ‘उर्बी एट ओर्बी’ (सहर र विश्वलाई) विचारको स्वतन्त्रता र सहिष्णुताको आह्वान गर्दै आशीर्वाद दिएका थिए। (बीबीसी)
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- २ नेपालमा परेको विपत्तिप्रति माल्दिभ्सको ऐक्यबद्धता, खनाल–आदमबीच फोनवार्ता
- ३ सैनिक पोशाक प्रयोग गरेको विवादमा आएको ‘ग्रिन आर्मी’को दर्ता खारेज
- ४ भोटेकोशी बाढीका कारण २३औँ निजामती सेवा दिवसका कार्यक्रम रद्द
- ५ एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल
- ६ जेनजी आन्दोलनको एक वर्ष : आज शहीद दिवस मनाइँदै
- ७ सप्तकोशीको बहाव खतराको तहमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस