Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिशिक्षा मन्त्रालयद्वारा तीन नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत

    शिक्षा मन्त्रालयद्वारा तीन नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत


    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक गुणस्तर सुधार तथा प्रशासनिक सक्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तीन वटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत गरेको छ ।

    मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ तथा ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो ।

    शिक्षा नियमावली, २०५९ को नियम ७२ बमोजिम गठन गरिएको परिषद्ले शिक्षक, मन्त्रालयअन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न जनशक्तिको कार्यदक्षता अभिवृद्धि, नीति निर्माण र व्यवस्थापन सुधारका क्षेत्रमा काम गर्दै आएको छ ।

    मन्त्रालयका अनुसार, नयाँ शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम कार्यान्वयनमा आएपछि प्रशिक्षकहरूको क्षमता अभिवृद्धि हुने र शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन गरिने तालिमहरू थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

    त्यसैगरी, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालयमा प्रभावकारी शैक्षिक नेतृत्व विकास गर्न सहयोग पुग्ने तथा विद्यालयको प्राज्ञिक र प्रशासनिक गुणस्तर सुधारमा टेवा पुग्ने मन्त्रालयको विश्वास छ ।

    यस्तै, शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारी तथा प्राविधिक सहायकका लागि स्वीकृत सेवाकालीन तालिम पाठ्यक्रमले सङ्घीयताको मर्मअनुसार तीनै तहका राष्ट्रसेवक कर्मचारीको क्षमता विकास गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ । यसबाट जनमुखी सेवा प्रवाह सुदृढ हुनुका साथै शैक्षिक कार्यक्रमहरूको परिणाममुखी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सार्वजनिक सञ्चारमाध्यममा करार नियुक्तिमा कडाइ, अत्यावश्यक अवस्थामा मात्रै कर्मचारी राख्न…

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस)मा

    सरकार ‘होसहवासमा छैन’, लोकतन्त्र संकटमा छ : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै वर्तमान सरकार ‘होसहवासमा नरहेको’ आरोप

    सहकारी बन्द होइन, सुधार गरेर व्यवस्थित गरिन्छ : मन्त्री प्रतिभा…

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नु सरकारको उद्देश्य नभएको स्पष्ट पार्दै

    काठमाडौं महानगरको माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा, खाद्य गुणस्तर परीक्षण अब छिटो…

    काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा ल्याएको छ। काठमाडौं प्लाजामा

    टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १३ जनाले पाए…

    टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ।

    प्रतिनिधिसभाबाट पर्यटन विधेयक समितिमा, दफावार छलफलका लागि सर्वसम्मत स्वीकृति

    काठमाडौं ।  खडक राज पौडेल ले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने

    Techie IT