Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचार‘शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्नुस भन्दा तर्साएको हुन्छ ?’

    ‘शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्नुस भन्दा तर्साएको हुन्छ ?’


    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले शिक्षक तर्साउने काम गरेको भन्ने हल्ला फैलाएको भन्दै आपत्ति जनाएकी छिन् ।

    शुक्रबार राष्ट्रिय सभाको बैठकमा बजेटमाथि सांसदले उठाएका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले शिक्षकहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न र पार्टीको कार्यक्रममा नगई विद्यार्र्थीहरुलाई सहज रुपमा शिक्षा प्रदान गर्नु भन्दा तर्साएको कसरी भयो भन्दै प्रश्न गरेकी हुन् ।

    उनले भनिन्, ‘शिक्षण पेसा भनेको जागिरको विषय होइन, दायित्व हो । उनीहरु जतिबेला पनि विद्यार्थीको सिकाइमा केन्द्रित हुनुपर्छ । शिक्षकहरुलाई दलको आवद्धता त्याग्नुस भनेको तर्साउने काम गरिएको भन्दै हल्ला फैलाइयो । शिषकलाई पार्टीका कार्यक्रममा नगई कक्षामा विद्यार्थीलाई सहज वातावरण बनाइदिनुस भन्दा कसरी तर्साएको भयो ?’

    देशभरका नीजि र सरकारी विद्यालयको नतिजामा केही फरक नभएको भन्दै उनले शिक्षाको गुणस्तर निरन्तर ओरालो लागिरहेको बताईन् ।

    ‘सरकारी शिक्षकहरु राजनीतिक दलको जिम्मेवारी र सदस्यमा लागेर तालाबन्दी गर्ने, आन्दोलनमा गएर विद्यार्थीको भविष्यमाथि खेलबाड गरि नतिजा खस्किरहेको छ’ उनको भनाइ छ ।

    यसैगरी, मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को पुनःसंरचाका लागि प्रक्रिया सुरु भएको जानकारी दिँदै विद्यार्थीले ‘सिक्दासिक्दै कमाउने’ र कमाउँदा कमाउँदै शैक्षिक प्रमाणपत्र पाउने अवस्था ल्याउन काम गरिरहेको बताइन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT