Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारशान्ति र सद्भावको सन्देश दिँदै मोक्षधाम महोत्सव सम्पन्न

    शान्ति र सद्भावको सन्देश दिँदै मोक्षधाम महोत्सव सम्पन्न


     काभ्रेपलाञ्चोक, वैशाख १४ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती कुशादेवीमा अवस्थित मोक्षधाम मन्दिर परिसरमा ‘मोक्षधाम महोत्सव’ शनिबार एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ । बालब्रह्मज्ञानी गुरुदेव पूज्य योगी चैतन्य दिव्यनाथ(आदित्य गुरु)ज्यूको पावन संकल्प र समुपस्थितिमा यो ‘शान्ति र सद्भावपूर्ण महाअनुष्ठान’ सम्पन्न भएको हो । कुशादेवी दारिमबोटस्थित आदित्य मोक्षधाममा आयोजित उक्त महोत्सवमा सहभागी हुन काठमाडौँ उपत्यकासहित आसपासका विभिन्न जिल्लाहरूबाट सयौँको सङ्ख्यामा भक्तजनहरूको घुइँचो लागेको थियो । महोत्सवका मुख्य आकर्षणहरूः यज्ञ तथा अनुष्ठानः गुरुदेवको सानिध्यमा विश्व शान्तिको कामना गर्दै विशेष यज्ञहवन गरिएको थियो ।

    भक्तिमय वातावरणः दिनभर चलेको भजनकीर्तन र नाचगानले मोक्षधाम परिसरलाई आध्यात्मिक बनाउनुका साथै भक्तजनहरूलाई उत्साहित तुल्याएको थियो । प्रसाद ग्रहणः सहभागी सबै श्रद्धालुहरूले सामूहिक रूपमा प्रसाद ग्रहण गर्दै आध्यात्मिक सुख र शान्तिको अनुभव गरेका थिए ।

    “समाजमा शान्ति, एकता र आध्यात्मिक चेतनाको विकास गर्ने उद्देश्यले यो महाअनुष्ठान आयोजना गरिएको हो ॐ फाउण्डेशनका अध्यक्ष डा. उपेन्द्र महतोले बताउनुभयो । महोत्सवमा गुरु पिता शेषराज दाहाल, ईश्वरी दाहाल, क्याप्टेन रामेश्वर थापा, डा. राजु अधिकारीलगायत विभिन्न धार्मिक, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । स्थानीयस्तरमा धार्मिक पर्यटनको प्रवद्र्धन गर्न र मानिसहरूमा सकारात्मक ऊर्जा भर्न यस्ता महोत्सवहरूले ठूलो सहयोग पु¥याउने विश्वास गरिएको छ ।

    गुरुको दर्शन र महाअनुष्ठानमा सहभागी हुन पाएकोमा भक्तजनहरूले प्रसन्नता व्यक्त गरेका छन् । बालब्रह्मज्ञानी गुरुदेव (आदित्य गुरु)को पारिवारिक पृष्ठभूमि ः आदित्य गुरुको जन्म काठमाडौँको चाबाहिलमा माता ईश्वरी र पिता शेषराज दाहालको कोखबाट भएको थियो । उहाँ शारीरिक रूपमा अशक्त (बोल्न र हिँड्न नसक्ने) भए तापनि सानै उमेरदेखि कापीमा लेखेर आध्यात्मिक ज्ञान, भविष्यवाणी र दर्शनहरू प्रदान गर्ने अद्भुत क्षमताका कारण चर्चित हुनुहुन्छ । उहाँका माता–पिताले उहाँको रेखदेख र उहाँको आध्यात्मिक अभियानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । उहाँलाई धेरैले ’बालयोगी’ वा ’आदित्य भगवान्’ को रूपमा समेत श्रद्धा गर्ने गर्छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT