शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित
काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ।आइतबार बसेको प्रतिनिधि सभाबाट उक्त विधेयक पारित भएको हो ।
सभामा सांसदहरुले उठाएको विषयको जवाफ दिदैँ शिक्षामन्त्री रघुजी पन्तले अव कैलाली र कञ्चनपुर विश्वविद्यालयले शिक्षाको एउटा महत्वपूर्ण केन्द्र बन्ने बताए । ‘काठमाडौंदेखि कैलाली र कञ्चनपुरलाई नाघेर दिल्लीतिर जाने लर्कोलाई यो विश्वविद्यालय निर्माणपछि त्यो कैलालीको गेटमा रोकिनेछ । र कैलाली स्वास्थ्य र शिक्षाको एउटा महत्वपूर्ण केन्द्रका रुपमा उपस्थित जनाउनेछ,’ उनले भने ।
प्रस्तावलाई सभाका बहुमत सदस्यहरूले समर्थन गरेसँगै विधेयक सभाबाट सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ३ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- ४ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ५ कांग्रेस प्रदेश सभापतिमा सिताको उम्मेदवारी घोषणा
- ६ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री
- ७ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै

तपाईको प्रतिक्रिया दिनुहोस