वैदेशिक रोजगारीमा जाने युवा ठगिएका छन् – सांसद दाहाल
काठमाडौँ/ २ भदौ, सांसद तुलसाकुमारी दाहालले वैदेशिक रोजगारीमा जाने युवा ठगिएकाे बताउनुभएको छ । उहाँले काठमाडौँका विभिन्न म्यानपावर कम्पनीबाट साउदी अरब पुगेका नेपालीले त्यहाँ जानुभन्दा पहिला तोकिएको काम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय सभाको आजको बैमठकको शून्य समयमा बोल्दै सांसद दाहालले भन्नुभयो, “फ्रि टिकट र फ्रि भिसामा पठाएको भनिए पनि म्यानपावर कम्पनीले एक जनाबाट एक लाख ६० हजारसम्म लिएको पीडितको गुनासो छ, तर उनीहरूले विदेशमा पुगेर काम पनि पाएका छैनन्, यसबारे सरकारले सत्य तथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्नुपर्छ ।”
सांसद इन्दिरादेवी गौतमले सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट जोखिम बढ्दो रूपमा देखिन थालेको छ, जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण गर्न ‘हिमाल जोगाउँ अभियान’लाई प्रभावकारी बनाउनुपर्छ ।” सांसद जगप्रसाद शर्माले देशको ठुलो समस्याका रूपमा भूमि समस्या रहेको भन्दै त्यसको जतिसक्दो चाँडो सरकारले समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
“यो समस्यालाई समाधान गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय छ, हाम्रो देशमा रहेको भूमिको समस्या समाधान गर्न प्रत्येक बन्ने सरकारले विभिन्न आयोग बनाउने गर्छन्, ती आयोगमा राजनीतिक हस्तक्षेप हुनाले राम्ररी काम नगरेको अवस्था छ, भूमि आयोग गत चैत ८ गते विघटन भएपछि हालसम्म बन्न सकेको छैन, भूमि आयोगलाई अगाडि बढाएर प्रतिजग्गामा सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न सरकारले सोच्नुपर्छ”, उहाँले भन्नुभयो ।
सांसद तारामान सुनुवारले बाढीपहिरो, सडक दुर्घटना, हवाई दुर्घटना र हिमताल फुट्दा ठुलो जनधनको क्षति भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । “पछिल्लो समयमा दुर्घटना हुँदा सयौँले ज्यान गुमाएका छन्, दुर्घटनाका कारण खोजी गर्नुपर्छ साथै समयमै रोकथाम गर्न सरकारसँग आग्रह गर्छु”, उहाँले भन्नुभयो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस