Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनवृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक

    वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक


    काठमाडौँ- नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र àजिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ। नयाँ बानेश्वरस्थित वान सिनेमाजमा सोमबार ट्रेलर सार्वजनिक गरिएको हो।

    निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा निर्देशन गरेको यस वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँको हो । यस वृत्तचित्रमा सगरमाथा चढ्न हिंडेकाहरुको कथा, संकल्प र बाटोमा उनीहरुले भोग्ने चुनौतीहरु देखाइएको छ । सञ्चारकर्मी प्रेम बानियाँले पहिलो यात्रीका रुपमा यात्रा थालेका थिए । त्यससँगै १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, आरोही, तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको यात्रा यसमा समावेश छ ।
    कचनकवलदेखि सुरु भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै , ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडाहुँदै सुर्के, फाक्दिङहुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प क्याम्पसम्म पुग्छ । त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ (साउथकोल), हिलारी स्टेप हुँदै शिखरमा पुगेर यात्रा सम्पन्न हुनेछ ।
    ’यो केवल वृत्तचित्रमात्रै होइन । देश चिनाउने हाम्रो अठोट हो,’ पत्रकार प्रेम बानियाँले भने, ‘समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौं । नेपालका लागि यो इतिहासको एक गौरव क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्ययाको आरम्भ हो । यो अवधारणालाई पूरा गर्ने हाम्रो लक्ष्य छ ।’

    ’मानिसको जीवन पनि जिरोबाट सुरु हुन्छ र बिस्तारै बाल्यकाल, किशोरावस्था, वयस्क हुँदै अघि बढ्छ । यो यात्रा मानव जीवनको एउटा यात्राको संकेत पनि हो ।’ झन्डै ५ सय १० किलोमिटर दूरीको पदयात्रा पूरा गर्न झन्डै ९० दिन लागेको पनि उनले बताए । निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गरौं भन्ने हुटहुटीले वृत्तचित्र निर्माणमा प्रेरित गरेको बताए ।

    वृत्तचित्रलाई निर्देशकद्वय निरञ्जन पाण्डे र बलराम बुढाथोकीले मिलेर सम्पादन तथा छायांकन गरेका हुन्। श्री वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही सहायक छायाकार छन्।

    त्यस्तै प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन्। वृत्तचित्रमा समावेश सगरमाथा शिखरका दृश्य सुजन गुरुङ र दोजी शेर्पाले छायांकन गरेका हुन्। यसका उनीहरू दुबै लागि शिखरमा पुगेका थिए।

    श्री वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही सहायक छाँयाकार छन् । त्यस्तै प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन् । वृत्तचित्रमा समावेश सगरमाथा शिखरका दृश्य सुजन गुरुङ र दोजी शेर्पाले छायाँकन गरेका हुन् । उनीहरु दुबै यसका लागि शिखरमा पुगेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    फिल्म‘मिरमिरे’ को टिजर सार्वजनिक

    काठमाडौं : दयाहाङ राई अभिनित फिल्म ‘मिरमिरे’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार युटुबमार्फत फिल्मको टिजरलाई रिलिज गरेको हो।माघ

    बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

    काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो

    फागुन २९ गते स्त्री देशभर प्रदर्शनमा आउने

    काठमाडौँ । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ

    साम्राज्ञीले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

    काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह विवाह बन्धनमा बाँधिने भएकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले सोमबार प्रेमीसँग इन्गेजमेन्ट

    बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

    काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्र ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज भएका छन्।डाक्टरहरूले उनी स्थिर रहेको र राम्रोसँग निको भइरहेको पुष्टि गरेका छन्।

    अभिनेता धर्मेन्द्रको निधन

    काठमाडौं। भारतीय चलचित्रका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षीय अभिनेतालाई श्वासप्रश्वासमा समस्या आएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा

    Techie IT