Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिवीर पुर्खाको त्यागबाट नेपालीको शिर उँचो भएको राष्ट्रपतिको भनाइ, सुशासन र राष्ट्रिय एकतामा जोड

    वीर पुर्खाको त्यागबाट नेपालीको शिर उँचो भएको राष्ट्रपतिको भनाइ, सुशासन र राष्ट्रिय एकतामा जोड


    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वीर पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताकै कारण आज नेपालीहरू गौरवका साथ शिर उँचो बनाएर उभिन सकेको बताएका छन्।

    शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले इतिहासका सकारात्मक पक्षलाई आत्मसात् गर्न सके मात्र वर्तमानप्रति न्याय गर्न र उज्ज्वल भविष्य निर्माण गर्न सकिने बताए।

    उनले भने, “हामीले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौँ। यही मार्गले भविष्य निर्माणको सुनौलो बाटो तय गर्छ भन्ने मेरो विश्वास छ।”

    राष्ट्रपति पौडेलले वीर पुर्खाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको संरक्षणका लागि पुर्‍याएको योगदान सदैव स्मरणीय र अनुकरणीय रहेको उल्लेख गरे। उनले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको आधारमा राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउनुपर्ने तथा राष्ट्रप्रेमप्रतिको प्रतिबद्धता कहिल्यै कमजोर हुन नदिन आग्रह गरे।

    उनले राष्ट्रिय एकताको बलमा समृद्ध नेपाल निर्माण गर्दै भावी पुस्तामा राष्ट्रप्रेमको भावना जागृत गराउनुपर्ने आवश्यकता औँल्याए। साथै भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्दै सुशासनमार्फत देश विकासलाई तीव्रता दिन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

    राष्ट्रपति पौडेलले भीमसेन थापालाई इमानदार र कुशल प्रशासकका रूपमा स्मरण गर्दै उनको शासनकालमा सामाजिक, आर्थिक, कानुनी तथा सैनिक आधुनिकीकरणका क्षेत्रमा भएका सुधारहरू प्रशंसनीय रहेको बताए।

    कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    आज प्रतिनिधिसभाका पाँच समितिको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका पाँच समितिको बैठक आज बस्दैछ। विभिन्न विषयमा छलफल तथा प्रतिवेदनमाथि विचार–विमर्श गर्न समितिहरूको बैठक बस्न लागेको

    Techie IT