Techie IT
  • The Film Nepal
  • २०८३ असार ३१ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारविश्व वातावरण दिवस आज : जलवायु कार्यमा जोड, वातावरण संरक्षणमा सामूहिक पहलको आवश्यकता

    विश्व वातावरण दिवस आज : जलवायु कार्यमा जोड, वातावरण संरक्षणमा सामूहिक पहलको आवश्यकता


    काठमाडौँ । विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ मा यो दिवस विश्वभर मनाउने गरिन्छ।

    यस वर्षको विश्व वातावरण दिवसको मुख्य विषयवस्तु ‘जलवायु कार्य (Climate Action)’ रहेको छ। यस विषयवस्तुले जलवायुसँग मानवको सम्बन्ध सुधार गर्ने, प्रकृतिमा आधारित समाधानलाई प्रवर्द्धन गर्ने तथा विश्व अर्थतन्त्रलाई सञ्चालन गर्ने प्रणालीहरूको पुनर्विचार गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ।

    वातावरण संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघले सन् १९७२ मा विश्व वातावरण दिवसको स्थापना गरेको थियो। प्राकृतिक स्रोतसाधन र वातावरण संरक्षणप्रति विश्वभरका नागरिकमा चेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ यो दिवस मनाइँदै आएको छ।

    नेपालमा पछिल्लो समय वातावरणीय चुनौतीहरू बढ्दै गएका छन्। तीव्र सहरीकरण, फोहोरमैला व्यवस्थापनको समस्या, प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन, जनसंख्या वृद्धि तथा विभिन्न मानवीय गतिविधिका कारण वातावरण प्रदूषण र विनाशको जोखिम बढ्दो छ।

    विज्ञहरूका अनुसार वातावरणीय क्षयीकरणका कारण जलवायु परिवर्तनका असरहरू झन् स्पष्ट रूपमा देखिन थालेका छन्। अनियमित वर्षा, बाढी, पहिरो, खडेरी, तापक्रम वृद्धि तथा जैविक विविधतामा आएको ह्रास यसको प्रमुख उदाहरण हुन्।

    जलवायु परिवर्तनले मानव जीवनसँगै कृषि, खाद्य सुरक्षा, जलस्रोत, वनजंगल तथा भौतिक पूर्वाधार क्षेत्रमा समेत प्रत्यक्ष प्रभाव पारिरहेको छ। विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्न सके मात्र स्वच्छ, सुरक्षित र दिगो वातावरण निर्माण सम्भव हुने विज्ञहरूको भनाइ छ।

    विश्व वातावरण दिवसले वातावरण संरक्षणप्रति सबै नागरिक, समुदाय र सरोकारवाला निकायलाई जिम्मेवार बन्न तथा पृथ्वीको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रतिनिधिसभाका तीन समितिको बैठक आज, धितोपत्र बजारदेखि ग्यास आपूर्तिसम्मका विषयमा…

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्दैछ। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा उद्योग,

    मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद…

    काठमाडौं । सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई रोकिएको नगद पुरस्कार उपलब्ध गराउनेलगायत

    एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको…

    काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप

    तीन दिन नदीमा बहाव बढ्ने पूर्वानुमान, काठमाडौं उपत्यकासहित धेरै जिल्लामा…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश नदी तथा खोलामा पानीको बहाव

    भानुभक्तको मार्ग आत्मसात गर्दै नेपाली भाषा–साहित्यको संरक्षण गर्न सभामुख अर्यालको…

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा

    संघीय संसदका चार समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाको एक गरी चार वटा समितिको बैठक बस्दैछन्। बैठकहरूमा राष्ट्रिय

    Techie IT