विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ।
नेपाल यस सिरिजमा लगातार तीन खेलमा पराजित हुँदै दबाबमा रहेको छ। आजको खेलमा टोली हारको शृंखला अन्त्य गर्दै जितको लय समात्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। यता, नेदरल्याण्ड्सले भने सिरिजका आफ्ना दुवै खेल जित्दै उत्कृष्ट लय कायम राखेको छ।
नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म ६ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल भएका छन्। तीमध्ये नेदरल्याण्ड्सले ४ खेल जितेको छ भने नेपालले २ खेल आफ्नो पक्षमा पारेको छ।
विश्वकप लिग–२ को अंकतालिकामा नेदरल्याण्ड्स ३० खेलबाट ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ। नेपाल भने ३१ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा रहेको छ। अंकतालिकामा आफ्नो स्थिति सुधार गर्न नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ४ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ५ आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
- ६ काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस