Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियविश्वकप अन्तिम १६: फ्रान्सलाई चुनाैती दिदै

    विश्वकप अन्तिम १६: फ्रान्सलाई चुनाैती दिदै


    असार २० गते शनिवार,विश्वकप फुटबलको अन्तिम १६ चरण सुरु हुँदै गर्दा शनिबार फिलाडेल्फियामा हुने खेलमा फ्रान्सले पाराग्वेविरुद्ध खेल्दा अत्यधिक गर्मीको सामना गर्नुपर्ने भएको छ । स्थानीय समय अनुसार साँझ ५:०० बजे लिङ्कन फाइनान्सियल फिल्डमा हुने खेलमा तापक्रम करिब ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान अमेरिकी राष्ट्रिय मौसम सेवाले गरेको छ ।
    भीषण गर्मीको चेतावनीका बीच प्रतियोगितामा खेलाडीको शारीरिक अवस्था प्रमुख चुनौतीका रूपमा देखिएको छ । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले मौसम सबै टोलीका लागि समान चुनौती हुने बताउनुभयो । “यो कुरा हामीले ध्यानमा राख्नुपर्छ, तर सबै टोलीका लागि अवस्था उस्तै हो”, उहाँले भन्नुभयो । फ्रान्सले चार खेलमा १३ गोल गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

    पाराग्वेका प्रशिक्षक गुस्ताभो अल्फारोले फ्रान्सलाई ‘विद्युतीय आँधी’ को सङ्ज्ञा दिँदै यसको आक्रामक क्षमतालाई मुख्य खतराका रुपमा टिप्पणी गर्नुभयो । उहाँले गर्मीको चुनौतीलाई स्वीकार गरे पनि आफ्नो टोली त्यसमा अभ्यस्त रहेको दाबी गर्नुभयो । पाराग्वेले अन्तिम ३२ चरणमा जर्मनीमाथि जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हो । शनिबारकै अर्को खेलमा क्यानडाले ह्युस्टनमा २०२२ विश्वकप सेमिफाइनलिस्ट मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ ।
    दक्षिण अफ्रिकालाई पराजित गर्दै अन्तिम १६ मा पुगेको क्यानडा उच्च आत्मविश्वासमा रहेको छ । क्यानडाका प्रशिक्षक जेसी मार्सले मोरक्कोलाई ‘कमजोरीविहीन टोली’ भन्दै उच्चस्तरीय प्रदर्शन आवश्यकपर्ने बताउनुभयो । यता मोरक्कोका प्रशिक्षक मोहम्मद ओहाबीले नेदरल्यान्ड्सविरुद्धको जितलाई विगतको कुरा भन्दै अब प्रत्येक खेल नयाँ चुनौती भएको बताउनुभएको छ । मोरक्को र क्यानडाबीचको भिडन्तलाई यस चरणको महत्वपूर्ण खेलका रूपमा हेरिएको छ, जसको विजेताले क्वाटरफाइनल प्रवेशको नजिक पुग्ने छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT