Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठखेलकुदविश्वकपमा जापान र नेदरल्यान्ड्सबीच रोमाञ्चक २–२ बराबरी

    विश्वकपमा जापान र नेदरल्यान्ड्सबीच रोमाञ्चक २–२ बराबरी


    काठमाडौँ । विश्वकपको समूह चरणअन्तर्गत बहुप्रतीक्षित खेलमा जापान र नेदरल्यान्ड्सले २–२ को रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको अन्तिम समयमा डाइची कामादाले गरेको गोलले जापानलाई हारबाट जोगाउँदै महत्वपूर्ण एक अंक दिलाएको हो।

    खेलको पहिलो हाफ अपेक्षाकृत सुस्त रह्यो। नेदरल्यान्ड्सले बलमा नियन्त्रण कायम गर्दै लगातार दबाब सिर्जना गरे पनि जापानका गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई संकटबाट बचाए। विशेषगरी डोनियल मालेनका तीन प्रहारलाई उनले सफलतापूर्वक रोक्दै जापानलाई खेलमा टिकाइराखे।

    दोस्रो हाफ सुरु भएसँगै खेल थप रोमाञ्चक बन्यो। ५१औँ मिनेटमा रायन ग्राभेनबेर्खको क्रसमा भर्जिल भान डाइकले आकर्षक हेडमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। तर जापानले छिट्टै जवाफ फर्कायो। ५७औँ मिनेटमा केइतो नाकामुराको शक्तिशाली प्रहारलाई नेदरल्यान्ड्सका गोलरक्षक बार्ट फेर्ब्रुगेनले नियन्त्रण गर्न नसक्दा खेल १–१ को बराबरीमा पुग्यो।

    नेदरल्यान्ड्सले ६४औँ मिनेटमा पुनः अग्रता बनायो। क्रिसेन्सियो समरभिलले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोल गरेपछि डच टोली २–१ ले अघि बढेको थियो।

    तर अन्तिम समयसम्म हार नमानेको जापानले ८८औँ मिनेटमा खेल बराबरीमा ल्यायो। कोकी ओगावाको प्रहारलाई डाइची कामादाले हल्का स्पर्श गर्दै जाली चुमाएपछि जापानले महत्वपूर्ण अंक सुरक्षित गर्यो। डलासस्थित रंगशालामा उपस्थित हजारौं जापानी समर्थकले अन्तिम समयमा आएको गोलपछि उत्साहपूर्ण रूपमा खुसी मनाएका थिए।

    यस बराबरीसँगै दुवै टोलीले विश्वकप अभियान एक–एक अंकसहित सुरु गरेका छन्।

    अब जापानले आफ्नो दोस्रो खेल जुन २१ मा ट्युनिसियासँग खेल्नेछ भने जुन २६ मा स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ। यता नेदरल्यान्ड्सले जुन २० मा स्विडेन र जुन २६ मा ट्युनिसियासँग खेल्ने तालिका रहेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा…

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार बिहान

    पेनाल्टीमा कोलम्बियामाथि रोमाञ्चक जित, स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा

    काठमाडौँ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस

    इन्जुरी समयमा मेरिनोको निर्णायक गोल, पोर्चुगललाई हराउँदै स्पेन क्वाटरफाइनलमा

    काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत भएको प्रि–क्वार्टरफाइनल खेलमा स्पेनले पोर्चुगललाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

    नर्वेको ऐतिहासिक जित : ब्राजिललाई २–१ ले हराउँदै क्वाटरफाइनलमा

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सम्पन्न खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा, पाराग्वे विश्वकपबाट बाहिरियो

    काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गतको प्रि–क्वाटरफाइनल खेलमा फ्रान्सले पाराग्वेमाथि कठिन जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न

    विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे

    काठमाडौं । शनिबार बिहान केप भर्डेले डेब्यू विश्वकपमा पहिलो हार ब्यहोर्दा स्टेडियममा धेरैका आँशु थामिएनन् । हो फुटबल निर्मम छ ।

    Techie IT