Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ विशिष्ट व्यक्तिलाई बिना कारण पक्राउ गर्ने प्रवृत्ति रोक्न प्रचण्डको चेतावनी

    विशिष्ट व्यक्तिलाई बिना कारण पक्राउ गर्ने प्रवृत्ति रोक्न प्रचण्डको चेतावनी


    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरू (भीआईपी)लाई बिना कारण पक्राउ गर्ने प्रवृत्ति तत्काल रोक्न सरकारलाई चेतावनी दिएका छन् । यस्तो प्रवृत्ति जारी रहे सरकार आफैंले ठूलो मूल्य चुकाउनुपर्ने उनको भनाइ छ ।

    सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पछिल्लो समय भएका पक्राउका घटनालाई लिएर सरकारको नियतमाथि प्रश्न उठाए ।

    ‘छोरी पिटेर बुहारी तर्साउने’ जस्तो नियत राखेर भीआईपीलाई पक्राउ गरिएको हो भने त्यसको परिणाम सरकारकै लागि घातक हुने उनले बताए ।

    प्रचण्डले पछिल्लो समय ‘सुरक्षा थ्रेट’को कारण देखाउँदै गरिएका पक्राउ औचित्यपूर्ण नदेखिएको दाबी गरे । वास्तविक सुरक्षा जोखिम रहेको भए सम्बन्धित व्यक्तिलाई पक्राउ गर्नुभन्दा सुरक्षा व्यवस्था थप कडा बनाएर व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ ।

    ‘यदि साँच्चै सुरक्षा खतरा थियो भने पक्राउ गर्नुको साटो सुरक्षा व्यवस्था कडा बनाउनु उपयुक्त हुन्थ्यो,’ उनले भने ।

    यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउँदै प्रचण्डले घटनासँग सम्बन्धित तथ्यहरू क्रमशः सार्वजनिक हुँदै जाने बताए ।

    यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले व्यक्त गरेको धारणाबारे प्रतिक्रिया दिँदै प्रचण्डले वर्तमान परिस्थितिमा प्रधानमन्त्रीले उठाएका विषयलाई स्वाभाविक र उपयुक्त रहेको बताएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक: इन्जिनियरिङ सेवा नियमावली संशोधन, नर्वेको अनुदान…

    काठमाडौँ — सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    पार्टीभित्रको ‘विशेष राजनीतिक निर्णय’ ले महाधिवेशन तालिका प्रभावित: गगन थापा

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा आइपरेका प्राकृतिक विपत् र पार्टीभित्र बृहत्तर एकता कायम गर्ने प्रयासका कारण महाधिवेशनको

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    रास्वपाले बनायो स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति, देशव्यापी…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट समिति गठन गर्नुका साथै संगठन विस्तार

    जलवायु कूटनीति प्रभावकारी बनाउन घरेलु तयारी मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका

    Techie IT