विभिन्न प्रदेशमा गएरातिदेखि भारी वर्षा
काठमाडौं । हाल कोसी, मधेस, वामग्मती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ ।पश्चिम भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको विभागले बताएको छ ।
देशका केही भूभागका आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
विभिन्न प्रदेशमा गएरातिदेखि नै वर्षा भइरहेको छ । बर्दिया जिल्लाका दौलतपुर, बर्गादही, राम्भापुर, रानिजरुवा र कुम्रा गाउँ वर्षामापन केन्द्रमा भारीदेखि अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।गण्डकी र लुम्बिनी प्रदेशस्थित गोर्खा, लमजुङ, कास्की, पर्वत, पाल्पा, बागलुङलगायत आसपासको क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा भएको छ ।लमजुङको खुदी बजार आसपासको क्षेत्रमा पनि भारी वर्षामापन भएको छ । खुदी खोलामा जलसतह बढेको छ । उक्त नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भूभागहरूमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने विभागले बताएको छ ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोसी र मधेस प्रदेशका तराईका भूभागहरूका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।
विभागले राति पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ३ नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
- ४ सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
- ५ सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
- ६ एलपी ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
- ७ आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा

तपाईको प्रतिक्रिया दिनुहोस