विभिन्न देशहरुबीचकाे सांस्कृतिक सम्बन्धले आत्मियतामा नयाँ उचाई हासिल गर्न सक्छौ- मन्त्री पाण्डे
ललितपुर/ १९ मङ्सिर: संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विभिन्न देशहरुबीचकाे सांस्कृतिक सम्बन्धले आत्मियतामा नयाँ उचाई हासिल गर्न सक्छौ भन्ने धारणा राख्नुभएको छ।
ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर उच्च माध्यमिक विद्यालयले विभिन्न आठ देशका बालनाट्य कलाकारहरुकाे सहभागितामा यहाँ आयाेजना गरेको चौथो ललाबाला काठमाडौं अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सवकाे मंगलबार आयाेजित उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै मन्त्री पाण्डेले विभिन्न देशका नाट्यकलाहरुकाे प्रदर्शनी र प्रस्तुतिले एकअर्कालाई बुझ्दै एकअर्काका संस्कृतिमा साक्षात्कार हुन सकिने बताउनुभयो ।
“हामीले विभिन्न देशका कला चिन्नेछाैं, त्यस्तै हाम्रो कला अरुलाई चिनाउन सक्नेछाैं, यस्ता कार्यले संसारभरिक भाषा, संस्कृतिका बिषयमा मन्थन हुनेछ, यसले हामीले भाषा, कला, संस्कृतिकाे समन्वय र अन्तरसम्बन्धलाई स्थापित गर्छाैं।” मन्त्री पाण्डेले भन्नुभयो ।
विद्यालयकाे कक्षाकाेठामा सिकिरहेका उहाँले विद्यार्थीहरुलाई बिभिन्न देशका कला, संस्कृति, भाषा र सभ्यताको बारेमा वृहत् जानकारी दिने काम महत्त्वपूर्ण भएको जानकारी गराउनुभयाे ।
“विद्यार्थीहरुलाई ठूलाे दायरामा पुगेर सिक्न, बुझ्न, दुनियाँमा रहेकाे बाहिरी संसारका बारेमा, जीवन्त बाँचिरहेकाे समाजका बारेमा, जानकारी गराउने काम हुनेछ भन्ने ठान्छु।” उहाँले भन्नुभयो ।
मन्त्री पाण्डेले विद्यार्थीसंग भएको क्षमतालाई पहिचान र प्रस्फुटन गराउन शिक्षक र अभिभावकले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै विद्यार्थीले पनि आफ्नो प्रतिभा र क्षमतालाई पहिचान गरेर त्यसैमा लगनशीलताका साथ लाग्न सक्नुपर्ने बताउनुभयो । रबिन्द्रनाथ टैगाेर, वालकृष्ण सम, वी.पी. काेइराला सुरुमै सफलता हासिल गरेको नभइ विभिन्न भाेगाइका क्रममा आफूलाई परिस्कृत गर्दै अगाडि बढ्नुभएकाे जानकारी गराउँदै उहाँले नाट्यकला क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहाने विद्यार्थीलाई आफूलाई परिस्कृत गर्दै अगाडि बढाउन आग्रह गर्नुभयाे । कलाकारले अरुकाे चरित्रमा आफूलाई प्रस्तुत गरिरहेकाे हुन्छ भन्नुहुँदै उहाँले कलाकारिता विशिष्ट क्षमता भएको बताउनुभयो ।
त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फूँयालले नेपाल वहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त देश नेपालमा विद्यालयले विभिन्न देशका नाट्यकर्मीहरुलाई बाेलाएर कार्यक्रम गरेर नेपालकाे महत्त्व र गरिमालाई उच्च बनाएकाे बताउनुभयो । उहाँले नेपालकाे कला संस्कृतिलाई विश्वमा परिचित गराउनका लागि यसकिसिमका कार्यक्रमहरु प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल, भारत, बङ्गालादेश, श्रीलंका, जर्मनी, स्टाेनिया, डेनमार्क र अष्ट्रेलियाका नाट्यकर्मीहरुले चार दिनमा १९ वटा नाटकहरुका २४ वटा कार्यक्रमहरु प्रस्तुत गर्ने ब्राइटफ्युचर उच्चमाध्यामिक विद्यालयका शिक्षक रामरमण हुमागाईले जानकारी दिनुभयो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान
- ६ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स
- ७ मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा १९ प्रतिशत वृद्धि

तपाईको प्रतिक्रिया दिनुहोस