विप्लवको दलको नाम नेकपा (माओवादी) र चुनाव चिन्ह गुलाबको फूल
काठमाडौं । फागुन २१ को निर्वाचनका लागि आयोगमा दर्ता भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले गुलाबको फूल चुनाव चिह्न पाएको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि आयोगमा नेकपा (माओवादी) नाम राखेर दल दर्ता भएको हो ।
दल दर्ताको निवेदन दिने क्रममा नेकपा पहिला नै दर्ता भएकाले उनले कम्युनिष्ट पार्टी नेपाल नाम राखेका थिए, तर दर्ताको क्रममा आयोगले नाम नेकपा (माओवादी) नै कायम राख्न स्वीकृत दिएपछि विप्लवको दल नेकपा माओवादी भएको हो ।
दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह लिन विप्लव लगायत नेताहरू बाजागाजा सहित आज निर्वाचन आयोग पुगेका थिए। प्रमाणपत्र र चुनाव चिन्ह पाएसँगै आयोग परिसरभित्रै बाजागाजासहित र्याली निकालिएको छ ।
विप्लवलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिएको छ । दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह लिन विप्लव लगायत नेताहरू बाजागाजा सहित आज निर्वाचन आयोग पुगेका थिए। उनीहरुले दल दर्ताको प्रमाणपत्र समेत पाइसकेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस