Techie IT
  • The Film Nepal
  • २०८२ पुष ३० बुधबार

    गृहपृष्ठसमाचारविपद व्यवस्थापनका लागि बहुपक्षीय उपाय अवलम्बन गर्छौं- महानगरप्रमुख महर्जन

    विपद व्यवस्थापनका लागि बहुपक्षीय उपाय अवलम्बन गर्छौं- महानगरप्रमुख महर्जन


    ललितपुर/२१ असाेज, ललितपुर महानगरले विपद व्यवस्थापनका लागि बहुपक्षीय उपाय अवलम्बन गर्ने नीति लिने जानकारी गराइएको छ। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले आज यहाँ आयाेजित नगरस्तरीय विपद व्यवस्थापन समिति बैठकमा विपद व्यवस्थापनका बिषयमा सहभागीहरुकाे धारणा सुनिसकेपछि विपद व्यवस्थापनका लागि एउटै सुत्र सधैं पर्याप्त नहुने बताउँदै बहुपक्षीय उपाय र सुत्रहरु प्रयोग गर्नुपर्ने धारणा राख्नुभएको हाे ।
    “बाढिबाट उद्धार गर्न डुङ्गा अति आवश्यक हाे, याे हामी कार्यपालिका बैठकबाट छिट्टै निर्णय गरेर डुङ्गा किन्छौ । फेरी यसका लागि सीप पनि त चाहियो, त्यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट नगर प्रहरीलाई तालिम दिने व्यवस्था गर्छौं। बाढीजन्य विपदमा उद्धारका लागि डुङ्गा महत्वपूर्ण र अत्यावश्यक साधन हो, जुन यस पटककाे विपदमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसंग पनि आवश्यकता अनुसार रहेनछ।”उहाँले भन्नुभयाे।
    महानगरले यो बाढीजन्य विपदमा गरेको काम संकट व्यवस्थापनलाई गरेको सम्बोधन मात्रै भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयाे, “जनजीवनलाई सामान्य बनाउन सम्बन्धित वडा अध्यक्षलाई बजेट खर्चको अधिकार दिने निर्णय अघिल्लो कार्यपालिकाबाट भइसकेको छ, वडा विपद व्यवथापन कोष, वडा स्तरीय विकास बजेट कट्टी गरेर, भैपरीको बजेटबाट जनजीवन सहज बनाउन तर्फ लाग्नुपर्छ । ” नगरप्रमुख महर्जनले भन्नुभयो ।
    आपतकालीन समयमा पाँच वटा पम्प किनेर घरभित्र पसेको पानी निकालेको बताउँदै उहाँले हिलो माटो निकाल्न सशस्त्र प्रहरीले गरेको सहयोगकाे प्रशंसा गर्नुभयाे ।
    बाढी र पहिरोका कारण खानेपानीको पाइप फुटेको, भाँचिएको , पुरिएकोले महानगरवासीले खानेपानीको समस्या झेलिरहेको उहाँले बताउनुभयाे । “खानेपानीको समस्या समाधान गर्न युद्धस्तरमा काम गर्नुपर्छ र केयुकेएको ट्याङकर र महानगरको ट्याङकर, अन्य व्यवसायीको ट्याङकरबाट ठाउँठाउँबाट पानी वितरण गर्नुपर्छ ।” उहाँले भन्नुभयो । नदीले बगाएर ल्याएको फोहोर व्यवस्थापन अर्को चुनौती भएको बताउँदै यसको व्यवस्थापनका लागि सबैको सक्रिय सहभागिता आवश्यक भएकोमा उहाँले जाेड दिनुभयाे  । नागरिकको सुरक्षा र स्वास्थ्य महत्वपूर्ण भएको बताउँदै उहाँले पानी सुद्धीकरणका लागि पियूष लगायतका औषधि वितरण गरेको जानकारी गराउनुभयाे।
    ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले प्रभावितलाई राहत स्वरुप नगद हस्तान्तरण गर्ने तयारी गरिरहेको बताउनुभयाे। “स्थानीय तह मार्फत नै राहत उपलब्ध गराउँछौ, यस सम्बन्धमा छलफल भइरहेको छ ।” उहाँले भन्नुभयो । विपदपछिको संकट सामना गर्न सहकार्य आवश्यक भएको बताउँदै उहाँले स्थानीय तहको जिम्मेवारी र भूमिका महत्वपूर्ण हुने बताउनुभयाे ।
    ललितपुर महानगर वडा नं.१८का अध्यक्ष दामोदर खड्काले बाढी प्रभावितलाई गाँसबासको व्यवस्था गर्नु अत्यावश्यक भएको बताउनुभयाे । वडामा दुई सय भन्दा बढी बाढी प्रभावित रहेको बताउँदै उहाँले नख्खु खोलाको किनारामा टहरा बनाएर बस्नेहरुको विचल्ली भएको प्रष्ट पार्नुभयाे। “मान्छेलाई खानेकुरा चाहिएको छ, बस्ने ठाउँ चाहिएको छ, यसको व्यवस्थापन कसरी गर्ने छलफल हुनुपर्छ ।” उहाँले भन्नुभयो ।
    केही समयका लागि प्रभावितहरुलाई अस्थायी बस्ने ठाउँ र खानाको व्यवस्था गर्नुपर्ने धारणा उहाँको थियो ।
    वडा नं.२५ का  अध्यक्ष दौलतकुमार खत्रीले  बाढी प्रभावितलाई स्थानीयको सहयोगमा खानाको व्यवस्था गरेको जानकारी दिनभयाे । बाढीले बगाएर ल्याएको जनावर कुहिदाँ दुर्गन्ध फैलिएको बताउँदै उहाँले दिगो समाधानका लागि सक्रिय हुनुपर्ने धारणा राख्नुभयाे ।
    वडा नं.४ का वडा अध्यक्ष सन्तोष खड्काले बाढीले बगाएर ल्याएको फोहोरको थुप्रो वडा नं. १८ र ४ मा थुप्रिएको बताउँदै त्यसको व्यवस्थापन महत्वपूर्ण भएको प्रष्ट पार्नुभयाे। वडा नंं.२ का वडा अध्यक्ष राजेश कुमार मर्हजनले फोहोर व्यवस्थापन र मृतक जनावरको व्यवस्थापन महत्वपूर्ण भएको धारणा राख्नुभयाे ।
    वडा नंं.१९ का अध्यक्ष राजेन्द्र महर्जनले हस्तकला व्यवसायीको कारखाना र पसलमा बाढी पसेर करोडौंका क्षति भएको बताउँदै महानगरले ती व्यवसायीलाई हौसला प्रदान गर्नुपर्ने धारणा राख्नुभयाे।
    बैठकमा उप प्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, प्रवक्ता राजु महर्जन, विभिन्न समितिका संयोजक, सूचना अधिकारी देवप्रसाद गुरागाईँलगायतको उपस्थिति रहेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसको विशेष महाधिवेशनमा उमेदवारी दर्ता आज

    काठमाडौं।कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उमदेवारी मनोनयन आज हुने भएको

    आज आंशिक बदलीदेखि हुस्सु र कुहिरोसम्म लाग्ने सम्भावना

    काठमाडौं।तराईका क्षेत्रमा आज बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागले घाम लागेपछि दिउँसो हुस्सु र

    काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज

    राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालको १३औँ वार्षिक साधारणसभा तथा…

    ललितपुर — राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालको १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन ललितपुरमा सम्पन्न भएको छ। अधिवेशनले प्रविणकुमार

    सुशीला र ओमप्रकाशहरूले चुनाव गराउन केपी ओली र रमेश लेखकको…

    जनकपुर, २९ पुष । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी

    आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण

    वीरगंज, २९ पुस । आम जनता पार्टी (आजपा) र जन अधिकार पार्टी नेपाल बीच पार्टी एकता भएको छ । जन

    Techie IT