विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मौसम पूर्वानुमानलाई प्रत्येक नागरिकसमक्ष पुर्याउनु आजको आवश्यकता रहेको बताएका छन् । बुधबार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम २०८२’ मा बोल्दै उनले ठुला हाइड्रोपावर, सिँचाइको आयोजना खोला केन्द्रित हुने भन्दै बाढिबाट सचेत हुन प्रविधिको विकास आवश्यक रहेको बताएका हुन् ।
उनले यस वर्ष प्रत्येक वडाका जनप्रतिनिधिहरूलाई मौसम पूर्वानुमानको सूचना तथा जानकारीसँग जोड्ने गरी काम गर्न विभागलाई निर्देशन दिए । उनले मौसमसम्बन्धी जानकारीका विषयवस्तुलाई विद्यालय स्तरदेखि पुस्तक वा पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले पहिलो उदारकर्ता वडास्तर नै भएकाले सुरक्षा निकायको पहिलो प्राथमिकता वडास्तर हुने बताए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस